सप्तरीमा भएको मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

सप्तरीमा भएको मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु


गएराति भएको मोटरसाइकल दुर्घटनामा परेर सप्तरीमा एक स्थानीय जनप्रतिनिधिको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा भएको मोटरसाइकल दुर्घटनामा परी त्यहाँका वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. ३६ प ५३०६ नंको मोटरसाइकलमा सवार ३८ वर्षीय वडाध्यक्ष चौधरी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनको निधन भएको हो ।

उता बैतडी डिलाशैनी गाउँपालिका–४ का वडाध्यक्ष ६२ वर्षीय परमल बोहराको सोमबार निधन भएको छ । मुटु र फोक्सोसम्बन्धी बिरामी रहेका बोहराको मठैराजस्थित घरमै निधन भएको हो । वडाध्यक्ष बोहरा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्यसमेत थिए ।