प्रवासमा नेपाली गीत-संगीत चिनाउने बाबालाई सम्मान

प्रवासमा नेपाली गीत-संगीत चिनाउने बाबालाई सम्मान


■ राजन घिमिरे, सिड्नी

आफ्नो स्तरीय गायन र उच्चकोटीको आवाजका कारण देशमा मात्र होइन कि प्रवासमा रहेका नेपालीहरु माझ पनि गायक सन्जिव पराजुली र गायिका टीका प्रसाईंको राम्रो चर्चा छ । टीका नेपाल बस्छिन् भने सन्जिव सिड्नीमा । तर, यी दुईको गायन विधामा फिदा नहुने कमै होलान । नाई मलाई थाहा छैन… बोलको गीतले त सन्जिव र टीकालाई चर्चा र सफलताको चुलीमै नै पुऱ्यायो ।

त्यसो त, यो जोडीको गायनलाई बजारमा चलाउन या संगीतप्रेमीसम्म पुऱ्याउन सिड्नीमा मुख्य कार्यालय रहेको बाबा ऐजुकेसन कन्सल्टेन्सी र आरकेएस अष्ट्रेलियाको पनि ठूलै हात रहेको छ । सन्जिव र टीकाको गीत तथा एल्बममा दिल खोलेर लगानी गरेको बाबाको यही साथ र सहयोगलाई बुझेर पोखरामा आयोजना भएको सन्जिव टीका साँझमा कार्यक्रमका प्रायोजक बाबा ऐजुकेसनलाई सम्मान गरिएको थियो । बाबा ऐजुकेसनका नेपाल निर्देशक राजेन्द्रकुमार शर्माले उक्त सम्मान ग्रहण गरेका थिए ।

कार्यक्रममा ‘किन कर्के नजर’बोलको गीतको कभर डान्स प्रतियोगितामा उत्कृष्ट नागि डान्स सेन्टर, इटहरीका कलाकारहरुलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । सम्मानित शर्माले आफ्नो संस्थाले स्थापना कालदेखि नै साहित्य, सङ्गीतमा लगानी गरेको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाए । संजिव र टीकाको प्रायः गीतहरूमा उनीहरूको सृजनालाई प्रवासमा पनि चिनाउने उद्देश्यले बाबा ऐजुकेसनले लगानी गर्दै आइरहेको छ । ‘विशेष गरेर अष्ट्रेलियामा यो युगल जोडीको राम्रो क्रेज छ । गीत संगीतमा आफ्नो तर्फबाट केही योगदान दिने सोचले पनि हामी लागिपरेका छौँ’, बाबा एजुकेसनका सिड्नी निर्देशक रवीन्द्रकुमार शर्माले भने ।

सन्जिव र टीकाले गाएका चर्चित गीतहरूमा नाई मलाई थाहा छैन, किन कर्के नजर, सोचमा र हातमा घडी लगायतका छन् । यो सांगीतिक जोडीले अष्ट्रेलियाका विभिन्न शहरहरूमा धेरै पटक गीत संगीत प्रस्तुत गरेर वाहवाही बटुलिसकेको छ ।