भाजपाको केन्द्रीय अध्यक्षको जिम्मेवारी नाडाको काँधमा

भाजपाको केन्द्रीय अध्यक्षको जिम्मेवारी नाडाको काँधमा


भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय अध्यक्षको जिम्मेवारी नयाँ व्यक्तिलाई दिइएको छ । भाजपाले सोमबार नेता जगतप्रकाश नाडालाई पार्टीको अध्यक्षमा निर्वाचित गरेको हो ।

विगत ६ महिनादेखि नाडा कार्यवाहक अध्यक्षको रूपमा रहेका थिए । तत्कालीन पार्टीअध्यक्ष अमित शाह गृहमन्त्री भएपछि उनले राजीनामा दिएर नाडालाई कार्यवाहक अध्यक्ष बनाइएको थियो ।

नाडा सोमबार (२० जनवरी) देखि औपचारिक रूपमा भाजपाको ११औँ अध्यक्ष बनेका छन् । यसअघि उनी हिमाञ्चल प्रदेशको मन्त्रीसमेत रहेका थिए ।

ज्ञातव्य छ, आफूलाई ‘विश्वकै ठूलो राजनीतिक दल’ दाबी गर्ने भाजपाले आफ्नो दलमा सन् २०१९ सम्ममा १८ करोडभन्दा बढी सदस्यहरू रहेको दाबी गरेको छ ।