निधिद्वारा तिलौराकोटमा ‘उत्खनन् क्षेत्र’को अवलोकन

निधिद्वारा तिलौराकोटमा ‘उत्खनन् क्षेत्र’को अवलोकन


■ नारद कोहार, कपिलवस्तु

भगवान् गौतमबुद्धको क्रिडास्थल तथा राजा शुद्धोधनको प्राचीन दरबार क्षेत्र (तिलौराकोट)को नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अवलोकन गरेका छन् । निधिले दरबारको पश्चिमीद्वार, मुख्य दरबार क्षेत्र, पूर्वीद्वार र हाल उत्खनन् भइरहेका क्षेत्रको सोमबार अवलोकन गरेका हुन् ।

तिलौराकोट र उत्खनन बारेमा लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत धुव्रनारायण पाण्डेले निधिलाई जानकारी गराएका थिए । लुम्बिनीको मायादेवी मन्दिर र त्यहाँस्थित स्वादेशी तथा विदेशी विहार र कपिलवस्तुको तिलौरकोट दरबार, तौलेश्वरनाथ मन्दिरको अवलोकनमा लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले निधिलाई सघाएका थिए ।

निधिलाई कपिलवस्तु नगरपालिकाकी उपमेयर लक्ष्मी गुप्ता र नगर चेम्बर अफ कमर्सका अध्यक्ष गोपी कृष्ण शर्माले तौलेश्वर नाथ मन्दिरमा स्वागत गरेका थिए ।