उपसभामुख तुम्बाहाम्फेले गरिन् संसदबाटै राजीनामाको घोषणा

उपसभामुख तुम्बाहाम्फेले गरिन् संसदबाटै राजीनामाको घोषणा


उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सोमबार दिउँसो राजीनामा दिने घोषणा गरेकी छिन् । उनले सोमबार दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा राजीनामाको घोषणा गरेकी हुन् ।

प्रतिनिधिसभा बैठकमा राजीनामाको घोषणा गर्दै उनले हरेक राजनीतिक घटनाको जनताले सूक्ष्म ढंगले मूल्यांकन गर्नेसमेत बताइन् । हरेक निर्णय इतिहासको कसीमा मूल्यांकन हुने उल्लेख गर्दै उपसभामुख पद स्वतन्त्र हुने उनको भनाइ थियो । राजीनाको घोषणा गर्दै उनले आफ्नो धरातल नभुल्न सबैसँग आग्रह पनि गरिन् । उनले भनिन्, ‘मैले मार्गप्रसस्त गर्न राजीनामा दिने घोषणा गरेकी छु ।’

दिउँसोको बैठकको अध्यक्षता गर्दै उनले छोटो मन्तव्य दिएपछि बैठक चार बजेसम्मका लागि स्थगित गरिएको छ ।