दुई दिनको झरीले रौतहटमा १७ करोडको इँटा नष्ट

दुई दिनको झरीले रौतहटमा १७ करोडको इँटा नष्ट


लगातार दुई दिन परेको वर्षाले रौतहटका ६१ वटा इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन् । गत बिहीबार र शुक्रबार परेको पानीले यहाँका इँटाभट्टामा पोल्न राखिएको ८० प्रतिशत इँटा नष्ट भएपछि रु. १७ करोडभन्दा बढीको क्षति भएको इँटा उत्पादक संघ रौतहटका अध्यक्ष रामविनोद साहले बताए ।

अध्यक्ष साहले भने, ‘पोल्नलाई तयारीमा राखिएका ८० प्रतिशत इँटा नष्ट भए, एउटा भट्टामा कम्तीमा रु. १० लाखभन्दा बढी काँचो इँटा पानीले गलेर नष्ट भयो ।’ पोल्न तयारी राखिएको इँटा पानीले गलेर नष्ट भएको छ भने अर्कोतिर मजदुरको खर्च लागेकाले दोहोरो घाटा व्यहोर्नुपरेको इँटा व्यवसायीको गुनासो छ ।
rss