सिड्नीमा संगीतको स्वाद पस्किने ‘१९७४ एडी’को तयारी

सिड्नीमा संगीतको स्वाद पस्किने ‘१९७४ एडी’को तयारी


■ राजन घिमिरे, सिड्नी

नेपालमा त सांगीतिक ब्याण्ड ‘१९७४ एडी’को चर्चा चुलिएकै छ । पछिल्लो समय प्रवासमा यो ब्याण्डको माग झनै बढेको छ र मनमुग्ध पार्ने यस ब्याण्डको संगीतमा झुम्न–रम्न चाहने नेपालीहरूको संख्या ‘वाह्’ गर्न लायककै छ ।

फुटेर होइन जुटेर आफ्ना प्रस्तुतिहरू प्रस्तुत गर्न सके त्यो गजब स्वादिलो र तारिफ गर्न योग्य हुन्छ भन्ने गतिलो उदाहरणसहित १९७४ एडी यतिबेला डटेर लागेको छ ।

प्रवासमा रहेका नेपालीहरू माझ छुट्टै र विशेष माग रहेको यो सांगीतिक ब्याण्ड अब सिड्नीमा रहनुहुने नेपाली प्रशंसकहरू माझ प्रस्तुत हुने भएको छ । यो ब्याण्ड नेपालीहरूको नयाँ वर्षको अवसर पारेर अप्रिल १२ का दिन सिड्नीको बिग टपमा विविध प्रस्तुतिहरू लिएर आउने भएको छ ।

इभेन्टको आयोजना ‘हो र होइन होला’, रोटेपिङ, पप अप र डिजे सुशीलले गरेका हुन् । साथमा सिड्नीमा रहेका स्थानीय प्रतिभाहरूले पनि आफ्ना प्रस्तुतिहरू दिने जानकारी दिइएको छ । ‘ब्याक टुगेदर टुर २०२० लाइभ इन सिड्नी’ नाम दिइएको यो कार्यक्रम भब्य र सभ्य हुने बताइएको छ ।