बलिदानी दिवस भन्दै आज प्रदेश २ मा सार्वजनिक बिदा

बलिदानी दिवस भन्दै आज प्रदेश २ मा सार्वजनिक बिदा


प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश २ सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवका अनुसार मधेश आन्दोलनको १३ वर्ष पूरा भएकोले प्रदेश सरकारले आज बलिदानी दिवसको रूपमा सार्वजनिक बिदा दिएको हो ।

बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले वीरगञ्जमा औपचारिक कार्यक्रमको आयोजनाको तयारी गरेको छ ।

कार्यक्रममा शहीद परिवार सदस्य, प्रदेश सरकार मन्त्रीहरू, मधेश आन्दोलनका सहयात्री दलका नेता, नागरिक समाजका बुद्धिजीवीलगायतको सहभागिता रहने बुझिएको छ ।