प्रधानमन्त्रीसँग जापानी उपमन्त्रीको भेट

प्रधानमन्त्रीसँग जापानी उपमन्त्रीको भेट


नेपाल भ्रमणमा रहनुभएका मित्र राष्ट्र जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिस्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

pict:rss