ग्लोबल आइएमई बैंकको दुई नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा

ग्लोबल आइएमई बैंकको दुई नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा


ग्लोबल आइएमई बैंक लिमिटेडले यस साता दुईवटा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले गत मंगलबार (२९ पुस) देखि सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं १२, खनार र शुक्रबार (३ माघ) देखि नवलपरासी बर्दघाट सुस्ता–पश्चिमको सरावल गाउँपालिका, सरावलमा एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

सेवाग्राहीको बढ्दो चाप र स्थानीयवासीको विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी दुवै एक्सटेन्सन काउण्टर सुरु गरेको ग्लोबल आइएमई बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु ऱ्याउने उद्देश्यले २६६ शाखा, २५५ एटिएम, ३६ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखारहित बैंकिङ सेवा, ३ प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।