पोखरीमा डुबेर किशोरको मृत्यु

पोखरीमा डुबेर किशोरको मृत्यु


■ आरके श्रीवास्तव, रौतहट

रौतहट जिल्लाको कटहरिया नपा वार्ड नम्बर ५ मा पानीमा डुबेर मृत्यु भएको अवस्थामा एक किशोरको शव बरामद भएको छ । स्थानीय तेजिलाल राय यादवका १३ वर्षीय छोरा फेकु रायको शनिबार (३ माघ) बिहान सौच गरेर हाथ धुने क्रममा पोखरीमा डुबेर मृत्यु भएको बुझिएको छ । मृतकको शव पोष्टमार्टम गरी परिवारजनलार्इ बुझाइएको इलाका प्रहरी कार्यालय कटहरिया रौतहटले जनाएको छ ।