अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको फाइनलमा म्याक्सेल र दुर्गा भिड्ने

अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको फाइनलमा म्याक्सेल र दुर्गा भिड्ने


सप्तरी । ग्रिन नेपाल राजविराजको आयोजनामा राजविराजस्थित राजरंगशालामा सञ्चालित अन्तरविद्यालय जिल्लास्तरीय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न सेमिफाइनल खेलमा म्याक्सेल सेकेण्ड्रीले लिटल एन्जलस सेकेण्ड्रीलाई एक बिकेटले तथा दुर्गा सेकेण्ड्रीले शिब्स इन्टरनेशनललाई ९ रनले पराजित गर्दै शुक्रबार हुने फाइनल खेलको लागि आफ्नो स्थान सुरक्षित गरेको छ ।

सेमिफाइनलअन्तर्गत सम्पन्न पहिलो खेलमा लिटल एन्जल्सले टस जिती पहिलो ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ९ बिकेट गुमाई ९७ रनको योगफल तयार पारेका थिए ।

लिटिल एन्जल्सका लागि नितेश यादव २६ र अर्जुन यादव १८ बाहेक कुनै खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ म्याक्सेलका मो. सकिमले ४ तथा आदित्य राम र हसन जमालले सामान २ बिकेट र सौरभ भुजेलले १ बिकेट हात पारे ।

९८ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको म्याक्सेलले रोमान्चक तरिकाले अन्तिम बिकेटका लागि १२ रनको साझेदारीसँगै १ बिकेटले जित प्राप्त गरे । म्याक्सेलका लागि रोहन बिक र हसन जमालले सामान २७ रन तथा केशव साहले २२ रनको योगदान दिए ।

बलिङतर्फ लिटल एन्जल्सका आर्यन चौधरीले ३ तथा नितेश यादव र आशुतोष यादवले सामान २ बिकेट तथा गणेश साह र रवीन्द्र यादवले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच म्याक्सेलका मो. सकिमलाई इजि वर्ल्ड इन्जिनियरिङ प्रा.लि.का प्रोपोराइटर रामजी यादवले नगद तथा ट्रफी प्रदान गरे ।

बिहीबार नै सम्पन्न अर्को सेमिफाइनलमा दुर्गा सेकेण्ड्रीले टस जिती पहिलो ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा १९ ओभर ४ बलमा सम्पुर्ण बिकेट गुमाई १ सय २२ रनको योगफल तयार पारे । दुर्गाका लागि अभिशेक कार्कीले ३६ रन तथा बरुनेश साहले नटआउट १९ रनको योगदान दिए । दुर्गालाई अतिरिक्त रनमार्फत ३५ रन शिब्स इन्टरनेशनले दिएका थिए ।

बलिङतर्फ शिब्सका अजय यादवले ४ बिकेट तथा गोपाल मण्डल र सुरज साहले सामान २ बिकेट लिएका थिए भने भोला साहले १ बिकेट हात पारे ।

१ सय २३ रनको लक्ष्य लिई मैदानमा ओर्लेको शिब्सले १ सय १३ रन मात्र जोडन सके । ५ बिकेट मात्र गुमाएका शिब्स इन्टरनेशनले धेर्यतापुर्वक खेले पनि सुस्त गतिमा खेलेका कारण हार ब्योहोर्न पुगे ।

शिब्सका लागि कमल कुमार मण्डले ४० बलमा २ चौकाको मद्दतले २५, राज बर्माले २५ बलमा १८, भोला साहले ३० बलमा १८, मनिस यादवले १४ बलमा १० तथा रोनित मण्डलले ७ बलमा १४ रन मात्र जोडन सके ।

दुर्गाका लागि भीम यादव, अभिशेक कार्की, सुजित सिंह, करण ज्यामी र बरुनेश साहले सामान एक एक बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच दुर्गा सेकेण्ड्रीका अभिशेक कार्कीलाई सप्तरी क्रिकेट संघका सचिव चन्दन यादवले नगद तथा ट्रफी प्रदान गरे ।

प्रतियोगिताअन्तर्गतको फाइनल खेल शुक्रबार (३ पुस) दुर्गा सेकेण्ड्री र म्याकसेल सेकेण्ड्रीबीच बिहान ११ बजे हुने जानकारी आयोजक समितिका खेलानन्द दासले दिएका छन् ।

क्रिकेटर रोहन बिकलाई इजि वर्ल्डको साथ

सप्तरीका क्रिकेटर रोहन बिकलाई वर्ष २०२० को लागि इजि वर्ल्ड इन्जिनियरिंग प्रा.लि. राजबिराजले साथ दिने भएको छ । इजि वर्ल्ड इन्जिनियरिङ प्रा.लिका प्रोप्राईटर रामजी यादवले रोहनलाई स्तरीय क्रिकेट खेल्न आवश्यक पर्ने सामाग्रीको जोहो गर्न सजिलो होस् भन्ने उद्धेश्यका साथ वार्षिक ५० हजार प्रदान गर्ने भएका छन् । दुवै पक्षबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रायोजनवापत क्रिकेटर रोहन बिकले इजि वर्ल्ड इन्जिनियरिङ प्रा.लि.को प्रचारप्रसार गर्नुको साथै मैदानमा ओर्लंदा अनिवार्य रुपमा ब्याटमा इजि वर्ल्डइन्जिनियरिंग प्रा.लि.को स्टिकर प्रयोग गर्नुपर्नेछ ।

कार्यक्रममा इजि वर्ल्ड इन्जिनियरिङ प्रा.लि.का प्रोपोराईटर यादवले आफ्नो कम्पनीले सप्तरीका क्रिकेटरहरुको क्षमता विकास तथा उत्साह प्रदान गर्नका लागि भविष्यमा समेत विभिन्न कृयाकलाप संचालन गर्ने बताए ।

कार्यक्रममा सप्तरी क्रिकेट संघका सचिव चन्दन यादव, अम्पाएर तथा स्कोरर संघका अध्यक्ष निरज कुमार सिंह तथा प्रशिक्षक राजकुमार दासको उपस्थिति रहेको थियो ।