घाट पुऱ्याइएको शव प्रहरी नियन्त्रणमा

घाट पुऱ्याइएको शव प्रहरी नियन्त्रणमा


घाटमा जलाउन लगेको एक महिलाको शव मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार विराटनगर– ८ स्थित सिंघियाघाटमा जलाउन तयार पारिएको २८ वर्षीया प्रेमदेवी साहको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिहीबार बिहान मृत्यु भएकी साहको घाँटीमा चोट देखिएपछि उनको स्वाभाविक मृत्यु नभई हत्या भएको भन्दै माइती पक्षले उजुरी गरेपछि अनुसन्धानका लागि भन्दै प्रहरीले शव नियन्त्रणमा लिएको हो ।

प्रहरीले शव नियन्त्रणमा लिएपछि मोस्टमार्टमका लागि कोसी अञ्चल अस्पताल पठाएको छ भने अनुसन्धान पनि अघि बढाएको छ । तर, राति सँगै सुतेका मृतकका श्रीमानले भने खाटबाट लडेपछि मृत्यु भएको भन्दै आफन्तहरूको सहयोगमा अन्तिम संस्कारका लागि घाट लगेको बताएका छन् ।