जंगलमा गएर तासको खाल जमाउँदा…

जंगलमा गएर तासको खाल जमाउँदा…


इलाका प्रहरी कार्यालय बनेपाको टोलीले बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जंगलमा तास खेलिरहेको अवस्थामा नगद र सवारीसाधनसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ ।

जंगलमा गएर लुकेर तास खेलिरहेको अवस्थामा बुधबार बेलुका पाँचजनालाई नियन्त्रणमा लिनुका साथै नगद रु. एक लाख ६२ हजार २०, चार स्कुटर, ११ मोटरसाइकल, एउटा कार र ११ बुक तास बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनले फरार रहेका १५ जनाको खोजीकार्य जारी रहेको र दुईवटा चेकबुकसमेत बरामद भएको जानकारी दिए । पक्राउ परेकाहरूलाई तास, जुवा ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।
rss