केन्यामा आतंककारीद्वारा तीन शिक्षकको हत्या, एकको अपहरण

केन्यामा आतंककारीद्वारा तीन शिक्षकको हत्या, एकको अपहरण


पूर्वीकेन्याको एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयमा त्यहाँका आतंकवादीहरूले तीनजना शिक्षकको हत्या गरेका छन् । केन्यामा केही वर्षदेखि हत्याआतंक जारी राखेको समूह अल सबाबले उक्त विद्यालयमा प्रवेश गरी तीनजना शिक्षकको हत्या गरेको र अर्का एकजनालाई अपहरण गरी लगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

केन्यामा सो समूहले विगतदेखि नै आतंककारी क्रियाकलाप जारी राख्दै आएका छन् । अल सबाबले यहाँका शिक्षक र विद्यार्थीलाई तारो बनाउने गरेको छ । ठूलो संख्यामा आएका हतियारधारीले आक्रमण गरी त्यहाँका केही विद्यालयमा पनि क्षति पु¥याएका छन् । साथै ती आक्रमणकारीले पूर्वीकेन्याको कमुथेमा रहेको प्रहरी चौकीमा पनि आगजनी गरेका छन् ।

उनीहरूले स्थानीय अस्पतालबाट एकजना नर्सलाई पनि अपहरण गरी लगेका बताइएको छ । साथै स्थानीय स्वास्थ्य संस्थाका कर्मचारीलाई पनि उनीहरूले आक्रमण गरी घाइते बनाएका छन् ।

अल कायदासँग सम्बन्ध रहेको सो अल सबाब नामक आतंककारी समूहले केन्याका विद्यालयबाट बालिकालाई पनि अपहरण गर्ने गरेका छन् । उनीहरूले बालिका शिक्षाको विरोध गर्ने गरेका छन् । त्यसैले बालिका शिक्षा दिने विद्यालयबाट छात्रछात्रा नै अपहरण गर्ने गरेका हुन् ।
रासस–एएफपी