लपु जिल्ला टेनिसको अध्यक्षमा कार्की निर्विरोध चयन

लपु जिल्ला टेनिसको अध्यक्षमा कार्की निर्विरोध चयन


ललितपुर जिल्ला टेनिस संघको अध्यक्षमा दीपककुमार कार्की निर्विरोध चयन भएका छन् । कार्कीको अध्यक्षतामा ८ सदस्यीय जिल्ला कार्य समिति पनि सर्वसम्मत चयन भएकोछ । नवनिर्वार्चित कार्यसमितिको उपाध्यक्षमा अजय विष्ट, सचिवमा गौरीशंकर श्रेष्ठ र कोषाध्यक्षमा उज्वल डंगोल रहेका छन् । त्यस्तै सदस्यमा ज्योति राणा, प्रमिता खड्का विष्ट, प्रवीण देवकोटा र सन्तोष खत्री चयन भएका छन् ।