मिटरब्याजीको रामबाबुको घरमा छापा

प्रहरी हिरासतमा रहेका मिटरब्याजका आरोपी रामबाबु रायको सर्लाहीस्थित घरमा सुरक्षा टोलीले छापा मारेको छ । बरहथवा नगरपालिका–१० सीतापुरस्थित यादवको घरमा जिल्ला प्रहरी कार्यालय सर्लाही तथा इलाका प्रहरी कार्यालय बरहथवाको टोलीले सोमबार छापा मारेको हो ।

अनुसन्धानका क्रममा आवश्यक कागजात सङ्कलन गर्न अभियुक्त यादवको घरमा खानतलासी भइरहेको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । रामबाबुमाथि अनुसन्धान जारी रहेकाले उनीविरुद्धको आरोपसँग सम्बन्धित कागजात फेलापर्छ कि भनेर घर खानतलासी गरिएको र केही कागजात फेला परेको एस्पी पोखरेलले बताए ।



ऋण प्रवाह गर्दा चर्को ब्याज असुलेको, ऋण दिँदा पाँच गुणा बढीको कागज बनाउने गरेको, ऋण तिरिसक्दा पनि तमसुक फिर्ता नगरेको, ऋण लिँदा दृष्टिबन्धक राखेको जग्गा आफू खुशी बिक्री गरेको भन्दै सर्लाहीबाट पीडितको एक समूह गत मङ्गलबार काठमाडौं आई राजनीतिक दलका नेतासहित गृहमन्त्री रामबहादुर थापा एवं नेपाल प्रहरीका वरिष्ठ सुरक्षा अधिकारीसँग गुनासो गरेपछि प्रहरीले बुधबार हरिपुरबाट यादवलाई नियन्त्रणमा लिएको थियो । प्रहरी उपरीक्षक पोखरेलका अनुसार यादवलाई तत्काल सुरक्षाकर्मीमाथि दुर्व्यवहार मुद्दामा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया