अनु र सुनिता नगदसहित सम्मानित

अनु र सुनिता नगदसहित सम्मानित


सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका स्वर्ण विजेताद्वय अनु अधिकारी र सुनिता महर्जनलाई नगदसहित सम्मान गरेको छ । सर्वशक्तिको पाँचौं वार्षिक साधारण सभाका अवसरमा दुवैलाई सम्मान गरिएको हो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, सर्वशक्तिका अध्यक्ष सुरेन्द्र महर्जन र सर्वशक्तिका सचिव दिलबहादुर बुढाथोकीले उनीहरुलाई नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

सोही अवसरमा एकेएफ परिक्षाको जज ‘ए’ श्रेणीमा उत्तीर्ण हुन सफल महेश महर्जनलाई पनि नगद र प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।