सनराइज बैंकको नयाँ योजना

सनराइज बैंकको नयाँ योजना


सनराइज बैंकले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ सनराइज ‘रिकरिङ’ खाता सञ्चालनमा ल्याएको छ । उक्त खातामा बचत खातामा जसरी नै रकम जम्मा गर्दै जान सकिने र मुद्दती खातासरह नै ब्याज पाइने बेंकले जनाएको छ ।

आवश्यकताअनुसार १ देखि ५ वर्षका लागि बचत गर्न सकिने उक्त योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गर्दै जान सकिने व्यवस्था गरिएको छ । बैंकका अनुसार सजिलो र सुरक्षित हिसाबले बचत खाताको पैसा नियमितरुपमा मुद्दती खातामा जम्मा हुँदै जाने र मोवाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गबाट पनि सजिलै पैसा जम्मा गर्न सकिनेछ ।

खाताको अर्को आकर्षण भनेको त्रैमासिक रुपमा प्राप्त हुने ब्याज व्यक्तिगत मुद्दती खाता सरहको उच्च व्याज पाउनु हो । साथै आवश्यक पर्दा उक्त खातामा जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा लिन पाइने व्यवस्था छ । बैंकले मुद्दती खातामा ९.२५ प्रतिशतमा थप ०.५ प्रतिशत ब्याज प्रदान गर्दै आएको छ ।