मन्डेकाजी र लक्ष्मी नगदसहित सम्मानित

मन्डेकाजी र लक्ष्मी नगदसहित सम्मानित


शिखरद्वीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो वार्षिक साधारणसभा कार्यक्रममा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा दोहोरो स्वर्णपदक विजेता मन्डेकाजी श्रेष्ठ र भारोत्तोलनमा रजत पदक विजेता खेलाडी लक्ष्मी वनलाई सम्मानित गरेको छ ।

संस्थाले स्वर्णपदक विजेता मन्डेकाजीलाई १ लाख र रजत पदक विजेता वनलाई २५ हजार नगद सहित सम्मानित गरेको हो । सो कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र सहकारीका अध्यक्ष केदारनाथ शर्मा दुवै खेलाडीलाई सम्मान गर्दै खेलकुदको विकासको लागि सधैँ सहयोग गर्ने बताए ।