अमेरिकामा आँधी : एघारको मृत्यु, बाह्र सय उडान रद्द

अमेरिकामा आँधी : एघारको मृत्यु, बाह्र सय उडान रद्द


अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरूले जानकारी दिएका छन् । घटनामा परी मृत्यु भएकामध्ये एकजना प्रहरी र एकजना उद्धारकर्तासमेत रहेको जनाइएको छ । टेक्सासको लुब्बुकमा शनिबार बिहान आँधीका कारण उनीहरूको मृत्यु भएको हो ।

त्यसैगरी ओक्लाहोमामा पनि बाढी र वर्षासँगै आँधी आएको थियो । त्यस क्षेत्रमा खटिएको गस्ती टोलीले शनिबार दिएको जानकारीअनुसार आँधीका कारण सवारीसाधन बाटोमै रोकिएका थिए ।

वृद्धवृद्धाहरुको एउटा जोडी शनिबार लुइसियानानजिकै शनिबार मृत अवस्थामा भेटिएका छन् भने अर्का एकजनाको इओवामा मृत्यु भएको छ । आँधीपछि टेक्सासदेखि ओहियोसम्मका हजारौँ घरमा विद्युत सेवा अवरुद्ध भएकाले लाखौँ मानिस विद्युत सेवाविहीन अवस्थामा रहेका छन् ।

त्यसैगरी कतिपय राजमार्ग बन्द भएका छन् । विषेश गरेर ओक्लाहोमा र अर्कान्सासमा बाढी आएकाले बाटो बन्द भएका हुन् । त्यसैगरी सिकागोका दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने १२ सयभन्दा बढी उडान सेवा स्थगित भएको अधिकारीहरूले जनाएका छन् ।

विमानस्थलका अधिकारीहरूका अनुसार ओहारे अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै ९ सय ५० भन्दा बढी उडान स्थगित भएका हुन् । शनिबार बिहानैदेखि आइतबार दिउँसोसम्मका सेवा बन्द गरिएको उनीहरूले जानकारी दिएका छन् । शनिबार रातभरि र बिहानसम्म पनि वर्षा भएको उनीहरूले बताएका छन् ।
रासस–सिन्ह्वा