सभामुखमा कुरा नमिलेपछि बैठक फेरि स्थगित

सभामुखमा कुरा नमिलेपछि बैठक फेरि स्थगित


नेकपाको सचिवालय बैठकको निर्णयलाई चुनौती दिने उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाइएको छ । हिजो (शनिबार)को नेकपा सचिवालय बैठकले डा. तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा दिन गरेको निर्णयलाई चुनौती दिँदै उनी आफैँ सभामुख हुने निश्चित भए मात्र राजीनामा दिने नत्र नदिने अडान लिएपछि उनलाई बालुवाटार बोलाइएको हो ।

बालुबाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले डा. तुम्बाहाम्फेसँग उनको राजीनामाको विषयमा छलफल भएको थियो ।

उनले आफू उपसभामुख हुँदा कुनै पनि पार्टीको सदस्य नभएकोले आफूले नेकपाको निर्णय नमान्ने बताउँदै राजीनामा नदिने बताएकी थिइन् ।

नेकपाले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुखको उम्मेदवारी दिने तयारी गरेको थियो । तर, आजको छलफलमा पनि कुरा नमिलेपछि आजको संसद बैठक पनि स्थगित गरिएको छ ।

संसदमा सभामुख र उपसभामुख एउटै पार्टी र लिंगको नहुने संवैधानिक प्रावधान भएका कारण यदि डा. तुम्बाहाम्फेले उपसभामुख पदबाट राजीनामा नदिए संविधानतः नेकपाले सभामुख पदमा उम्मेदवारी दिन पाउने छैन र सभामुख पद गुमाउनुपर्ने हुन्छ ।

यदि उपसभामुखले पदबाट राजीनामा दिए संसदको ज्येष्ठ सदस्यले संसदको अध्यक्षता गर्दैै सभामुख पदको निर्वाचन प्रक्रिया अघि बढ्ने कार्यक्रम थियो ।