प्रदेश ३ को नाम बागमती र राजधानी हेटौँडाका पक्षमा १०५ मत

प्रदेश ३ को नाम बागमती र राजधानी हेटौँडाका पक्षमा १०५ मत


प्रदेश ३ को नाम बागमती र राजधानी हेटौँडा कायम भएको छ । प्रदेशको नाम बागमती र राजधानी हेटौँडा राख्न प्रदेश तीनका दुईतिहाइभन्दा बढी सांसदले मतदान गरेपछि अन्ततः प्रदेशको राजधानी र नामको टुंगो लागेको हो ।

आइतबार राजधानी र नामको बारेमा भएको मतदानमा प्रदेश ३ का १०५ जना सदस्यले बागमती र हेटौँडाका पक्षमा मतदान गरेका हुन् । ११० जना सांसद रहेको प्रदेश ३ मा तीनजना सदस्यले मात्र हेटौँडाको बदला धुलिखेलमा राजधानी बनाउन मतदान गरेका थिए । मतदानमा दुईजना सांसद अनुपस्थित रहेका थिए ।

आजै बिहान बसेको नेकपा र कांग्रेसको संसदीय दलले बागमती र हेटौँडाको नाममा मतदान गर्न ह्विप जारी गरेका थिए ।