अनेसास कोलोराडो च्याप्टरको नियमित कविगोष्ठी सम्पन्न

अनेसास कोलोराडो च्याप्टरको नियमित कविगोष्ठी सम्पन्न


कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरको नियमित रुपमा आयोजना हुने कवि गोष्ठी जनवरी महिनाको कार्यक्रम अनेसास कोलोराडो च्याप्टरको आजीवन सदस्य हरिराज अधिकारी तथा श्रीमती उषा अधिकारीको आतिथ्यमा उहाँहरुकै निवास कमर्श सिटी, कोलोराडोमा जनवरी ४ शनिबारका दिन सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित साहित्यकारहरुले कविता, गजल, गीत, मुक्तक लगायतका रचनाहरु वाचन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा आफ्नो रचना वाचन गर्ने साहित्यकारहरुमा अनेसास बोर्ड अफ ट्रस्टिजका उपाध्यक्ष पदम विश्वकर्मा, अनेसास कोलोराडो च्याप्टरको अध्यक्ष तारा अधिकारी, पूर्वअध्यक्ष आचार्य प्रभा, वर्तमान सल्लाहाकार केशव आचार्य, वर्तमान उपाध्य्क्ष मीना पौडेल, सचिव यशोदा भट्ट, राजु सिटौला, हरिराज अधिकारी, वासुदेव खनाल हुनुहुन्थ्यो ।

यसैगरी च्याप्टरको महासचिव सम्झना खनाल आचार्य, विजयदेव अधिकारी, हरिभक्त आचार्य, उषा अधिकारी कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन च्याप्टरकी सचिव यशोदा भट्टले गर्नुभएको थियो भने अध्यक्ष तारा अधिकारीले कार्यक्रमका सहभागीहरु तथा कार्यक्रम आयोजना गर्ने स्थान उपलब्ध गराउनुहुने हरिराज अधिकारी तथा श्रीमती उषा अधिकारीलाई विशेष धन्यवाद दिँदै आफ्नो रचना वाचनको साथमा कार्यक्रमको समापन गर्नुभएको थियो । उक्त अवसरमा रचना वाचनपश्चात अनेसास, कोलोराडो च्याप्टरको भावी कार्यक्रमहरु सम्बन्धमा अनौपचारिक छलफल पनि भएको थियो ।