ओस्लोमा मनाइयो टोपी दिवस

ओस्लोमा मनाइयो टोपी दिवस


■ सनत आचार्य, ओस्लो (नर्वे)

नेपाल पोर्चुगल समाज (नर्वे)ले ओस्लोमा रहेका नेपाली समुदायबीच एक कार्यक्रम आयोजना गरी टोपी दिवस र अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गरेको छ ।

कार्यक्रममा बोल्दै समाजका अध्यक्ष रत्न सापकोटाले नेपाली ढाका टोपी नेपालीको पहिचान भएकोले यस्को गरिमा सदा रहिरहने उल्लेख गर्दै विदेशमा पनि नेपाली टोपी लगाउँदा नेपालीहरूले गौरव महसूस गर्ने बताउनुभयो ।

समाजका महासचिव नारायण थापाले संचालन गरेको उक्त कार्यक्रममा युवा संयोजक राजन गौचनले हाल नेपाल पोर्चुगल समाजमा करिव २ सय ५० जना सदस्य रहेका र सामाजिक कार्यमा समेत समाज केन्द्रित रहने जानकारी दिनुभयो ।

गत वर्षदेखि समाजले नयाँ वर्षका साथै टोपी दिवस मनाउन शुरु गरेको पनि सो अवसरमा जानकारी दिइयो ।