नर्स ऐर बन्द कोठाभित्र मृतावस्थामा फेला

नर्स ऐर बन्द कोठाभित्र मृतावस्थामा फेला


धनगढी उपमहानगरपालिका– ५ स्थित निसर्ग अस्पतालमा कार्यरत नर्स मृत अवस्थामा फेला परेकी छन् ।

धनगढी– ५ तारानगर ऐश्वर्या विद्यालयनजिक डेरा गरी बस्ने कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका– १० की २० वर्षीया सोनम ऐर बन्द कोठाभित्र मृत अवस्थामा फेला परेकी हुन् ।

कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार सुनम आइतबार दिउँसो बन्द कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिएकी हुन् । उनको निधनबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।