एक महिनामा २२ सयभन्दा बढी परकम्प

एक महिनामा २२ सयभन्दा बढी परकम्प


अल्बानियामा आएको पछिल्लो भूकम्पपछि अहिलेसम्म २२ सयभन्दा बढी परकम्प गएका छन् ।

गत नोभेम्बर २६ तारिखका दिन अल्बानियामा ६.४ म्याग्निच्युडको भूकम्प आएको थियो । त्यसपछिको एक महिनाको अवधिमा २२ सयभन्दा बढी परकम्प गएको बताइएको छ ।

ती पराकम्पको मापन भूगर्भ कार्यालयले गरेको अल्बानियाका भूकम्पविज्ञ रेक्सहेप कोसीले स्थानीय सञ्चारमाध्यमलाई बिहीबार बताएका हुन् ।

भूकम्प प्रभावित क्षेत्रमा अहिले पनि स्थिरता नभएको र स्थानीय बासिन्दा त्रसित नै रहेका उनले जनाएका छन् । एक महिनाअगाडि आएको भूकम्पमा परी ५१ जनाको मृत्यु हुनुको साथै हजारौँ घर भत्किएका थिए ।
रासस–सिन्ह्वा