सुकुटे पुगेर यसो भने प्रचण्डले

सुकुटे पुगेर यसो भने प्रचण्डले


उपाध्यक्ष मोहन वैद्यलाई पार्टीबाट निकाल्न अध्यक्ष प्रचण्डले नयाँ जुक्ति निकालेका छन् । गत आइतबार साँझ सिन्धुपाल्चोकको सुकुटेमा अप्रत्यासित रूपमा ताम्सालिङ राज्य इन्चार्ज अग्नि सापकोटाका साथ पुगेका प्रचण्डले निकटस्थहरूलाई भने, ‘वैद्यलाई कारबाही होइन आफैं निस्केर जान बाध्य पारिनुपर्छ ।’ आरामका लागि भन्दै सुकुटे इक्वेडर रिसोर्टमा पुग्नुभएका प्रचण्डले सोही साँझ ताम्सालिङ राज्यसमितिका आफूनिकटस्थहरूलाई प्रशिक्षण दिएका थिए । करिब तीन घन्टा लामो प्रशिक्षणमा प्रचण्डले उपाध्यक्ष वैद्य तथा वैद्य पक्षधर नेताहरूको विरोधमा समय खर्चिनुभएको थियो । प्रशिक्षणमा सहभागी सिन्धुपाल्चोकका एक नेताका अनुसार ठट्यौली शैलीमा अध्यक्ष प्रचण्डले भने, ‘यो वैद्ययुग होइन, विज्ञानको युग हो, त्यसैले हामी पनि वैज्ञानिक ढङ्गबाट चल्नुपर्छ, साथीहरूले त्यसैअनुसार बुझ्नुहोला ।’
पार्टीनीतिविरुद्ध जाने जोकोहीलाई पनि कारबाही हुन्छ, गरिन्छ पच्चीसजनाभन्दा बढी सहभागीलाई प्रशिक्षित गर्दै प्रचण्डले भने, ‘कारबाहीको प्रक्रिया कस्तो हुन्छ भन्ने मात्र हो ।’ ‘मोहन वैद्यका पछिल्ला गतिविधि पार्टी नीतिविपरीत मात्र होइन, गम्भीर प्रकारका भएकाले उहाँलाई बहिष्कार गर्ने निष्कर्षमा हामी पुगेका छौं, बहिष्कार गर्नु नै सबैभन्दा ठूलो कारबाही हो,’ प्रचण्डको भनाइ थियो । वैद्यलाई कारबाही गर्दा पार्टी उनीहरूमाथि पर्न सक्ने र त्यही बहानामा पार्टी फुटाउन सक्ने भएकाले उनलाई एक्ल्याइने र पार्टीलाई एकढिक्का पारेर लैजानेमा आफू प्रतिबद्ध भएर लागेको जानकारी गराएका थिए । ‘पछिल्लोपटक पार्टीको हरेक निर्णयमा वैद्यको सहभागिता रहेको छैन, यो तपाईंहरूलाई जानकारी छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती सहभागीले भने, ‘वैद्य अथवा उनका मानिसलाई बैठकमा सहभागी गर्नेबित्तिकै बैठक भाँडिन्छ, कुनै निर्णयमा पुग्नै सकिँदैन अनि किन सहभागी गराउनु ।’ पार्टीमा वैद्य एक्लिँदै गएको र उनको पक्ष्ँमा बहुमत नभएको प्रचण्डको दाबी थियो । उनले भने, ‘यदि वैद्यजीको पक्ष्ँमा बहुमत भएको भए उहिल्यै पार्टी फुटाइसक्थे ।’
प्रशिक्षणमा प्रचण्डले धोबिघाट भेलाको प्रसङ्गमा वैद्यको मात्र नभएर घुमाउरो शैलीमा बाबुराम र नारायणकाजी श्रेष्ठको समेत आलोचना गरेका थिए । उनको भनाइ थियो, ‘साथीहरू आवेगमा निर्णय गर्छन्, पछि पछुताउँछन् ।’ प्रचण्डले वैद्यले पनि आफ्ना कमजोरीबारे आत्मसमीक्षा गरेर आए पार्टीले क्षमा गर्न सकिने पनि बताएका थिए । आराम र नितान्त व्यक्तिगत काम सक्नका लागि सुकुटे गएको भनिए पनि प्रचण्डको अधिकांश समय राजनीतिक कार्यक्रममा नै बितेको थियो । उहाँ आफ्ना विश्वासपात्र एवम् ताम्सालिङ राज्यसमिति इन्चार्ज अग्नि सापकोटाका साथ सुकुटे पुग्नुभएको थियो ।

खलनायक रक्षामन्त्रीको राजिनामा माग
शरतसिंह भण्डारी आफ्नो हर्कतका कारण नेपालको इतिहासमै सबैभन्दा कुख्यात र विवादास्पद रक्षामन्त्री बन्न पुगेका छन् । आफ्नो सिङ्गो राजनीतिक जीवनमा नायकभन्दा खलनायकी भूमिका निर्वाह गर्दै आएका भण्डारीले रक्ष्ँामन्त्री बनेको महिना दिन बित्न नपाउँदै नेपालबाट मधेसका २२ जिल्ला टुक्र्याउने धम्की दिएर आफूलाई नेपालको इतिहासमै कलङ्कित र देशविरोधी व्यक्तिका रूपमा परिचित गराएका छन् ।
तीसवर्षे पञ्चायती शासनमा खाटी पञ्च बनेर मन्त्री पदमा पुगेका भण्डारी पञ्चायत शासन ढलेपछि रातारात आफ्नो भविष्य खोज्दै खाटी काङ्ग्रेस बने । काङ्ग्रेसबाट पनि मन्त्री बनेका भण्डारी जता अवसर पाइन्छ त्यतै उनी पछिल्लोपटक मधेसकेन्द्रित दलमा मिसिन पुगे र आफूलाई खाटी मधेसी नेता भएको घोषणा आफैं गर्दै हिँडेका थिए । फोरम लोकतान्त्रिकबाट जबर्जस्त रक्षामन्त्री बनेका भण्डारीले सोमबार रिपोर्टर्स क्लबको कार्यक्रममा आफूलाई मधेसी नेताको रूपमा चित्रण गर्दै एकीकृत माओवादी र मधेसकेन्द्रित दलहरूको मोर्चाबीच भएको ‘चारबुँदे’ सहमतिको आलोचनाप्रति प्रतिवाद गर्दै मधेसलाई उपेक्षा गरे मधेसका २२ जिल्लाले निर्णय गरेर नेपालबाट अलग हुनसक्ने भन्दै र २२ जिल्लाले छुट्टनिे निर्णय गरे नेपालको कुन ऐन र कानुनले मुलुक बचाउँछ, भनी प्रश्न गरेका थिए । उनले आफू मधेसी नेता भएको र मधेसलाई स्वशासित गराउन जस्तोसुकै कार्य गर्नसक्ने र नेपाली सेनामा दश हजार मधेसीलाई भर्ना गराउने अभियानलाई अन्तिम चरणमा पुर्‍याएको दाबी गरेका थिए ।
नेपालका तीन भ्रष्टाचारीको नाम लिँदा कहिल्यै नाम नछुट्ने भण्डारीको उक्त अभिव्यक्तिलाई लिएर काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सोमबार नै कडा आपत्ति जनाउनुभएको थियो । नेता पौडेलले मुलुक टुक्र्याउने अभिव्यक्ति दिने व्यक्ति रक्षामन्त्री रहनै सक्तैनन् भन्दै भण्डारीलाई रक्षामन्त्रीबाट तत्काल बर्खास्त गर्न माग गर्नुभएको थियो । मुलुकको भौगोलिक अखण्डताको रक्षा गनर्ेर्ेेजम्मेवारी पाएका मन्त्री आफैंले देश टुक्र्याउने कुरा गर्नु आपत्तिजनक रहेकोले यस विषयमा प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताउनुभएको थियो ।
पद र पैसाका लागि आफ्नो आमा -धर्ती)लाई बेच्नसमेत पछि नपर्ने भण्डारीको राष्ट्रघाती अभिव्यक्तिलाई लिएर मंगलबार एमालेले पनि कडा आपत्ति जनाएको छ । एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै रक्षामन्त्री भण्डारी र भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभु साहलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री बाबुराम भट्टराईसमक्ष माग गरेको छ । एमालेले विज्ञप्तिमा रक्षामन्त्री शरतसिंह भण्डारीले सोमबार पत्रकारहरूमाझ बोलेका कुरा राष्ट्रहितविपरीत र गैरजिम्मेवार भएको ठहर गरेको छ । एमालेले भण्डारीको ‘उक्त भनाइ सामान्य व्यक्तिले समेत बोल्न नमिल्ने र नसक्ने राष्ट्रिय हित, एकता र अखण्डताविरोधी भएकाले त्यस्ता मन्त्रीलाई अविलम्ब बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गर्दछौँ’ भनेको छ ।
उसले विज्ञप्तिमा भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभु साह वीरगञ्जमा हिन्दू युवा सङ्घका अध्यक्ष काशी तिवारीको हत्यामा मतियार रहेको र उनका स्वकीय सचिव सियाराम कुसवाह उक्त हत्याकाण्डमा प्रत्यक्ष संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको उल्लेख गरेको छ । एमालेले नागरिक हत्याको अभियोगमा मुछिएका व्यक्तिलाई प्रहरीले पक्राउपर्ुर्जी जारी गरिसक्दा पनि हटाएर छानबिन र कारबाही प्रक्रियालाई सहयोग पुर्‍याउने अग्रसरता नलिइनुले गम्भीर प्रश्नचिह्न खडा गरेको छ । एमालेले विज्ञप्तिमा मन्त्री साहलाई तत्काल बर्खास्त गरी प्रहरीसमक्ष बुझाउन माग गरेको छ । यसैगरी गत सोमबार दिउँसो इस्लामिक सङ्घ नेपालका महासचिव फैजान अहमदको गोली प्रहारबाट भएको हत्याको पनि एमालेले घोर निन्दा र भत्र्सना गरेको छ ।
शरतसिंह भण्डारीको देशविरोधी अभिव्यक्तिलाई लिएर राजधानी काठमाडौं र देशका विभिन्न भूभागमा जनस्तरबाट विरोध प्रदर्शन भएका छन् । जनसाधारणले भण्डारीलाई तत्काल पदमुक्त गर्नुपर्ने माग गरेका छन् । देशलाई अखण्डित राख्न ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको नेपाली सेनाको नेतृत्वमा देशविरोधी व्यक्ति रहनुलाई अस्वाभाविक र नाजायज मानिएको छ । त्यसैले नेपाली सेनाले समेत भण्डारीलाई मन्त्रीका रूपमा अस्वीकार गर्नुपर्ने आवाज उठेको छ । गत सोमबार नेपाली सेनालाई समेत चुनौती दिने अभिव्यक्ति दिनुभन्दा केही दिनअघि मात्र भण्डारीले उपप्रधानमन्त्री विजय गच्छदारसँग सेना र प्रहरीलाई रक्तचन्दन तस्करीमा कसरी संलग्न गराउने भन्नेबारे गुप्त छलफल गरेको जानकारी उनका निकटवर्तीहरूबाट प्राप्त भएको थियो । स्मरणीय छ, भण्डारी आफूलाई मधेसी प्रमाणित गर्न भरमग्दुर प्रयत्न गर्दै छन् । उनको क्रियाकलापलाई देशभक्त मधेसी नेता तथा जनसमुदायले समेत स्वीकार गर्न सकिरहेका छैनन् ।

कुनै बेलाका प्राधिकार अब गुटको मात्र नेता
पार्टीभित्रको सम्पूर्ण समर्थनबाट प्राधिकारसम्मको हैसियतमा पुगेका माओवादी अध्यक्ष प्रचण्ड अहिले सानो गुटको मात्र नेता हुन पुग्नुभएको छ । वषर्ामान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा र अग्नि सापकोटा प्रचण्डको सर्वाधिक निकटका नेता मान्छिन्, तर उनीहरू वैचारिक या सैद्धान्तिकभन्दा पनि अन्य गुप्त कारणहरूले प्रचण्डको निकट रहेको बताइन्छ । लेखराज भट्ट, हितराज पाण्डे, शक्ति बस्नेत र गोपाल किराँतीजस्ता व्यक्तिहरूले पनि अहिले प्रचण्डलाई साथ दिइरहेका छन् । माओवादी पार्टीका निर्माता मोहन वैद्य किरण, नेताहरू सीपी गजुरेल, रामबहादुर थापा बादल, देव गुरुङ, नेत्रविक्रम चन्द, पम्फा भुसाल, हरिभक्त कँडेल, हितमान शाक्यलगायतका नेताले प्रचण्डलाई सम्पूर्ण रूपले त्यागिदिएका छन्, जसको बलमा प्रचण्ड प्रचण्ड बन्नुभएको थियो । प्रचण्डको निकट रहेका नेताहरूमध्ये हितराज पाण्डेबाहेक सबै विवादास्पद र कुनै न कुनै बेला कारबाही भोगिसकेका या अवसरवादी चरित्रका मानिन्छन् । उग्र ढङ्गले प्रचण्डको पक्षमा देखिएका शीतलकुमार उर्फहरिबोल गजुरेल नीरू दर्लामी प्रकरणमा कारबाही भोगिसकेका व्यक्ति हुन् भने वर्षमान पुन सांस्कृतिक रूपले कमजोर मानिन्छन् । लेखराज भट्टले चारबुँदे सम्झौतालाई राष्ट्रघाती भनी सार्वजनिक रूपमै टिप्पणी गर्नुभएको थियो । तर, मन्त्री बनाइदिएपछि उहाँ चुपचाप रहनुभएको छ । मन्त्री पद गुमेपछि भट्टको साथ कसलाई हुने हो त्यसको निश्चितता छैन । पहिलो लटमा मन्त्री नबनाएपछि प्रचण्ड-बाबुरामको तीव्र आलोचना गर्दै मूलको पानी मात्र खाने घोषणा गरेका गोपाल किराँती पनि मन्त्री बनाइएपछि प्रचण्डका मान्छे भएका छन्, तर मन्त्री नरहेको अवस्थामा किराँती पनि कतापट्ट िलाग्ने हुन् अहिले अनुमान गर्न सकिने स्थिति छैन । प्रचण्डको लगानी रहेको मानिने नेपाल एफएम र जनमैत्री अस्पतालमा जनार्दन शर्माको नाम जोडिएको छ भने एबीसी टेलिभिजन र नयाँ पत्रिका दैनिकमा पनि प्रचण्डको लगानी रहेको बताइन्छ । प्रचण्डले विचारले कसैलाई आफूतर्फ आकरि्षत गर्न सकिरहनुभएको छैन, त्यसैले उहाँले आफूलाई बलियो बनाउन पद र पैसाको प्रलोभन दिने गर्नुभएको आरोप प्रचण्डका आलोचकहरूले लगाउने गरेका छन् । वर्षमान, अग्नि, हरिबोल र जनार्दनसँगको प्रचण्डको निकटता पनि वैचारिक नभई पद र पैसासँग सम्बन्धित रहेको ठानिएको छ । कतिपयले यसलाई व्यवसायीहरूबीचको गठबन्धन भनेर पनि टिप्पणी गरेका छन । जे होस्, प्रचण्डको हैसियत पछिल्लो कालखण्डमा अत्यन्त दुर्बल र कमजोर हुन पुगेको छ । एक समयका प्राधिकार प्रचण्डलाई नजिकबाट नियाल्नेहरूले प्रचण्ड २००७ सालमा श्री ३ झिकिएका मोहनशमशेरजस्ता देखिएको टिप्पणी गरेका छन् ।

लँगौटिया यारमाथि बादलको गम्भीर आरोप
गत बुधबार -भदौ २८ गते) आयोजित एक विशेष समारोहमा मोहन वैद्य किरणले प्रचण्डप्रति चित्त दुखाउँदै ‘गोरखाबाट फर्केपछि प्रचण्डले आफू पारिवारिक भेटमा सिलगुढीतिर जान लागेको बताएर ‘रअ’ लाई पो भेट्न पुग्नुभएछ’ भनी टिप्पणी गर्नुभयो । त्यसपछिका वक्ता रामबहादुर थापा बादलले किरणलाई चित्त नदुखाउन आग्रह गर्दै भन्नुभयो, ‘ठीकै हो किरणजी, हिजो प्रचण्डको परिवारभित्र हामी पथ्र्यौं, अहिले उपेन्द्र महतो, अरमेशकुमार सिंह, अजय सुमार्गी र ‘रअ’ नै प्रचण्डको पारिवारिक सदस्य भएका छन्, वास्तविकता यस्तो भएपछि किरणले अहिले किन दुःख मँन्नुपर्‍यो -‘ किरणको कुरामा बादलको यस्तो टिप्पणी सुनेपछि पूरा हल नै हाँसो र तालीले गुञ्जायमान हुन पुगेको थियो ।
गत साताको बुधबार वैद्यको विचारलाई सही मान्ने देशका सबै पचहत्तर जिल्लाका प्रतिनिधि तथा जनवर्गीय सङ्गठनका नेताहरूको भेला बानेश्वरमा भएको थियो । करिब चार सय प्रतिनिधिको सहभागिता रहेको उक्त भेलालाई वैद्य पक्षले राष्ट्रिय अन्तरक्रियाको संज्ञा दिएको छ । भेलामा वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण, रामबहादुर थापा बादल, सीपी गजुरेल, देव गुरुङ र नेत्रविक्रम चन्द ‘विप्लव’ले विशेष मन्तव्य प्रकट गर्नुभएको थियो । सहभागीहरूलाई सम्बोधन गर्दै किरणले भन्नुभएको थियो, ‘पार्टी भनेको सिद्धान्त, विचार र क्रान्तिकारी कार्यदिशा हो, जसले त्यसलाई समात्छ त्यो एकतावादी हो, जसले छोड्छ त्यो बहुमतमा नै रहेछ भने पनि फुटवादी हो । २०४६ सालपछि एमाले बदलिएझैं पार्टीले रंग बदलेकै हो, बदलेपछि क्रमभङ्ग हुन्छ, व्रि्रोह फुट होइन ।’ नेता वैद्यले यसरी आवश्यक परे पार्टी विभाजन हुन पनि सक्छ भन्ने सङ्केत गर्दै सहभागी युवा नेताहरूलाई मानसिक रूपमा तयार रहन साङ्केतिक रूपमै निर्देशन दिनुले माओवादी पार्टी र वर्तमान सरकारको भविष्यमाथि प्रश्न उठ्ने स्थिति बनेको छ । वैद्यपछिका वक्ता महासचिव रामबहादुर थापा बादलले उक्त भेलामा निकै लामो भाषण दिनुभयो । भाषण लामो भए पनि निकै रोचक भएकोले सहभागीहरूले बादलको भाषणलाई मन पराएको बताइएको छ । बादलले भन्नुभएको थियो, ‘पार्टीभित्रको अन्तरसङ्घर्ष पार्टीलाई विघटन र विसर्जनबाट जोगाउनका लागि हो । मुख्य समस्या गुट-उपगुट होइन, विघटन नै हो । विघटन या विसर्जनबाट पार्टीलाई जोगाउन अब सम्झौताबाट सम्भव छैन । निरन्तरतामा क्रमभङ्ग गरेर मात्र सम्भव छ । पार्टी यथास्थितिमा चल्न सक्दैन । एउटै पार्टीभित्र एकथरीले किसान बोक्ने अर्काथरीले जमिनदार बोक्ने, एउटाले राष्ट्र बोक्ने अर्को बाह्य स्वार्थमा चल्ने भएपछि सम्झौता कसरी हुनसक्छ – त्यसैले क्रमभङ्ग हुनैपर्छ ।’ उहाँले आफूलाई प्रचण्डले लँगौटिया यार भन्ने गर्नुभएको स्मरण गर्दै भेलामा भन्नुभयो, ‘अब लँगौटी नै खोलेर फालेपछि केको यार -‘ बादलले यसो भन्नुहुँदा सहभागीहरूमा हाँसोको फोहोरा नै छुटेको थियो । नेताहरू सीपी गजुरेल र नेत्रविक्रम चन्दले सत्तामा जानका लागि प्रचण्ड र बाबुरामले मधेसी मोर्चासँग गरेको चारबुँदे सम्झौता राष्ट्रघाती भएको स्पष्ट गर्दै देशका लागि लड्ने बेला आएको बताउनुभएको थियो । वक्ताहरूले प्रचण्ड र बाबुरामलाई कारबाही गर्नुपर्ने धारणा पनि प्रकट गरेका थिए ।
भदौ २८ गते सम्पन्न उक्त भेलापश्चात् अध्यक्ष प्रचण्डले स्पष्टीकरण लिएको नभनीकन मोहन वैद्य किरणसँग स्पष्टीकरण लिनुभएको छ । आफ्नै निवासस्थानमा गतसाता बोलाएर वैद्यसँग संवाद गर्नुभएपछि प्रचण्ड थप छटपटीमा पर्नुभएको छ र वैद्यलाई गलाउन अब नयाँ रणनीति अपनाउनुपर्ने निष्कर्ष प्रचण्डले निकाल्नुभएको छ ।

आफैं प्रधानमन्त्री बन्ने दौड !
माओवादी अध्यक्ष प्रचण्ड डा. बाबुराम भट्टराईलाई हटाएर आफैं प्रधानमन्त्री बन्ने ताकमा रहनुभएको जानकारी प्राप्त भएको छ । गत साता मोहन वैद्य किरणसँगको वार्तालापका क्रममा प्रचण्डले त्यस्तो सङ्केत दिनुभएको थियो । संवादका क्रममा प्रचण्डले किरणलाई धोबीघाट प्रकरणबाट बाबुराम भट्टराई र नारायणकाजीले झैं आत्मालोचना गरी वातावरण सहज बनाउन आग्रह गर्नुभएको थियो । तर, किरणले धोबीघाट अभियान जायज र आवश्यक भन्दै आत्मालोचनाको गुञ्जाइस नरहेको स्पष्ट जवाफ दिनुभएको बुझिएको छ । पार्टीमा देखिएको विवाद कसरी मिलाउन सकिएला भनी प्रचण्डले जिज्ञाशा राख्दा किरणले चारबुँदे सम्झौताको खारेजी, कन्टेनरको चाबी बुझाउँदा भएको प्रक्रियागत त्रुटि सच्याउने र हालका आश्रतिहरूलाई विकल्प दिएर मात्र घरजग्गा तथा सम्पत्ति फिर्ता गर्नुपर्नेजस्ता विषयमा तपार्इंहरू सकारात्मक भए फेरि पनि पार्टीमा एकता बहाल हुने जवाफ फर्काउनुभएको थियो । चारबुँदे खारेज गरेर नयाँ समीकरण बनाउन सकिने विषयमा प्रचण्डले किरणलाई सकारात्मक जवाफ दिनुभएको, तर नयाँ समीकरणको नेतृत्व कसले गर्ने भन्ने विषयमा स्पष्ट हुन नसकेका कारणले मात्र छलफल ठोस निष्कर्षमा पुग्न नसकेको प्रचण्डका निकटवर्तीहरूले बताएका छन् । धोबीघाट अभियानबारे आत्मालोचना गर्न किरण तयार भएमा प्रचण्ड वर्तमान सत्तासमीकरण बदल्न तत्पर हुनुभएकोले उहाँबाट बाबुराम नेतृत्वको सरकारलाई पूर्ण सहयोग प्राप्त हुनेमा आशङ्का उत्पन्न भएको छ । आफ्नो नेतृत्वमा सरकार गठन हुने अवस्थामा चारबुँदे सम्झौता खारेज गरी विद्यमान समीकरण भङ्ग गर्नसमेत आफू तत्पर रहेको सङ्केत प्रचण्डले दिनुभएपछि उहाँ अझै पनि प्रधानमन्त्री बन्ने दाउमा रहनुभएको स्पष्ट हुन पुगेको छ । तर, हाललाई मोहन वैद्य किरण धोबीघाट प्रकरणमा आत्मालोचना गर्न तयार नभएकाले बाबुराम नेतृत्वको सरकार नै कायम रहने देखिएको छ ।

राजा पनि फेसबुक सञ्जालमा
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र फेसबुक सञ्जालमा सामेल हुनुभएको छ । उहाँले प्रायः दैनिक रूपमै फेसबुकमार्फत एक-अर्काका बारेमा जानकारी लिने गर्नुभएको बुझिएको छ । उहाँको फेसबुकमा नातेदार, पुराना साथीहरू, स्वदेश तथा विदेशमा रहेका आफन्तहरू, विभिन्न पेसा तथा व्यवसायीहरू र सर्वसाधारण साथीको रूपमा रहेका छन् । फेसबुकमा साथीका लागि अनुरोध पठाउनेको सङ्ख्या लाखौँ भए पनि पाँच हजारभन्दा बढीलाई साथी बनाउन नमिल्ने फेसबुकको प्रावधानका कारण सबै अनुरोधलाई स्वीकार गर्न नसकिएको स्रोतले जनाएको छ । प्रविधि र युवा जमात दुवैमा भएको रुचिले ‘राजा’लाई फेसबुकतर्फ आकरि्षत गरेको बताइन्छ । फेसबुकमा राखिएका थरीथरीका ‘स्टेटस’ र फोटोहरू उहाँले हर्ेर्ने गर्नुभएको छ । उहाँका प्रशंसकहरूले छुट्टै ‘फ्यान साइट’ खोलेका छन् जहाँ हजारौँले विभिन्न प्रतिक्रिया दिने गरेका छन् । फेसबुकमा प्रतिक्रिया लेख्नेहरूले पूर्वराजालाई ‘सरकार’ भनेरै सम्बोधन गर्ने गरेका छन् । पहिला-पहिला इमेलमार्फत आफन्तसँग पत्राचार गर्ने गरिएकोमा हिजोआज फेसबुककै ‘इन बक्स’ बढी प्रयोगमा आउन थालेको छ ।
फेसबुकमा सर्वसाधारणले आफ्नोबारेमा सीमित सूचना राख्ने गरे पनि पूर्वराजाले भने आफ्नोबारेमा सबै विवरण राख्नुभएको छ । श्री ५ महेन्द्र वीरविक्रम शाहदेव र श्री ५ इन्द्रराज्यलक्ष्मी शाहदेवका छोरा, बडामहारानी कोमलसँग विवाह भएको र छोरा पारस र छोरी प्रेरणा दुई सन्तान रहेकोदेखि लिएर विद्यार्थी र व्यावसायिक जीेवनका सबै पाटाहरू सिलसिलाबद्ध रूपमा राखिएका छन् । अधिराजकुरमार हुँदा श्री ५ महेन्द्र ट्रष्टमा रहेर गरिएका कार्यहरू, विभिन्न मुलुकका राजकुमार तथा राजकुमारीका विवाह समारोहमा गएका तिथिमितिहरूदेखि लिएर आफू राजा भएपछि गरिएका ‘स्टेट भिजिट’हरूसम्म उल्लेख छन् । प्राप्त जानकारीअनुसार ती सबै सूचनाहरू भने उहाँ आफूले नभएर नाति-नातिनीहरूले राखिदिएका हुन् । सबै सूचना र फोटोहरू मात्र नभएर फेसबुकको सुरुवात नै उनीहरूले गरिदिएको बुझिएको छ । नाति-नातिनीले फेसबुक खोलिदिएपछि उहाँले त्यसलाई ‘अपडेट’ गर्न थाल्नुभएको हो । नेपालमा अहिले फेसबुक प्रयोगकर्ताहरूको सङ्ख्या सात लाखभन्दा बढी रहेको छ ।

युवा उद्यमी बाढीमा बेपत्ता
मकवानपुर स्थायी घर भई काठमाडौं बबरमहलमा छापाखाना व्यवसाय सञ्चालन गर्दै आएका युवा उद्यमी सुन्दर रेग्मी गत सोमबारको अविरल वषर्ापछि आएको धोवीखोलाको बाढीमा परेर बेपत्ता भएका छन् । साँझ साढे सात बजेको समयमा कामबाट बबरमहल कुरियागाउँस्थित निवास फर्कने क्रममा मोटरसाइकलमा सवार रेग्मी सडकबाट चिप्लिएर खोलामा डुब्न पुगेका थिए ।
मोटरसाइकलबाट उछिट्टएिर खोलाको किनारमा पुगे पनि रेग्मीले किनारमा रहेको एक बुट्यान समाउन भ्याएका थिए । तर, झरीले गलेको उक्त बुट्यान रेग्मीको भरपर्दो सहारा बन्न सकेन । माथि उक्लने कोसिस गर्दागर्दै झार उखेलिएर उनी धोबीखोलाको बाढीमा हेलिन पुगेको प्रत्यक्षदर्शीको कथन छ । उनको खोजी कार्य जारी छ । ३३ वषर्ीय रेग्मीका श्रीमती, एउटी छोरी र एक छोरा छन् । उनका बाबु प्यारालाइसिसबाट थलिएका छन् भने बृद्ध आमा पनि छोरा दर्ुघटनामा परेपछि मुरि्छत अवस्थामा रहेको रेग्मी परिवारले जनाएको छ । बेपत्ता रेग्मीबारे जानकारी मिलेमा मोबाइल नंबर ९८५१०३६६७९ र ९८५१०४५९७९ मा सम्पर्क गरिदिन समेत उनका परवारजनले अनुरोध गरेका छन् ।

पासवान निलम्बित
पदीय मर्यादाविपरीत अमर्यादित एवम् विभिन्न अस्वाभाविक क्रियाकलाप प्रदर्शन गरेर चर्चामा रहेका सभासद् तथा दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानको पद धरापमा परेको छ । गत साउन २१ गते सिराहाको लाहानमा बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले गरेको निर्णयबमोजिम पार्टीले कारबाही अघि बढाएपछि पासवानको सभासद् पदका साथै पार्टीअध्यक्ष र साधारण सदस्यसमेत नरहने अवस्था निम्तिएको हो । सो पार्टीका केन्द्रीय सचिव जगजीवन रामले जनाएअनुसार पासवानलाई गत साउन २१ गतेकै मिति लागू हुनेगरी पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरिएको छ भने उनको सभासद् पद खारेज गर्न संविधानसभाका अध्यक्षसमक्ष निवेदन दर्ता गरिएको छ ।
पछिल्लो समय नक्कली भारतीय नोट प्रकरणसँग समेत नाम जोडिएका पासवानले पार्टीलाई बद्नाम गराउन अक्षम्य गल्तीहरू गरेको आरोप लगाइएको छ । सो पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार पासवानले दरबारको भत्ता खाएर संविधानसभाको बैठक अवरुद्ध गरी संविधानलेखन कार्यमा अवरोध सिर्जना गरेको, सर्वदलीय बैठकले पारित गरेको गणतन्त्र घोषणा गर्ने दस्तावेजमा हस्ताक्षर नगरेको, पार्टीलाई जानकारी नदिई तिब्बती धर्मगुरु दलाई लामासँग भेटघाट गरी अवान्छित क्रियाकलाप गरेको, संविधानसभाको निर्वाचनमा उम्मेदवारहरूलाई नक्कली भारु वितरण गरेको, संविधानसभामा पटक-पटक सन्काहा व्यवहार प्रदर्शन गरेर पार्टीकै बेइज्जत गराएको आरोप उनीमाथि लगाइएको छ । यसैगरी, आफ्ना स्वकीयसचिवको पारिश्रमिक आफैंले बुझेर खाएको, पार्टीको नाममा रकम उठाएर सम्पत्ति जोडेको, संसदीय क्षेत्र विकास कोषको रकम दुरुपयोग गरेको, उमेर पुगेकी आफ्नी छोरीले स्वेच्छाले गरेको विवाहलाई विवादित तुल्याउँदै पार्टीका नेताहरूलाई अपहरणको आरोपमा फसाउन खोजेको, रातो पासपोर्टको दुरुपयोग गरेको, ६ सय सभासद्को राजनीतिक साख गिराउने अभ्रि्रायले दरबारको निर्देशनअनुसार संविधानसभा सचिवालयमा भत्ता रकम फिर्ताको नाटक रचेकोजस्ता आरोप पनि विश्वेन्द्रमाथि पार्टी केन्द्रीय समितिले लगाएको छ । यी आरोपबारे आफ्ना भनाइ राखेर स्पष्टीकरण दिन बारम्बार ताकेता गर्दा पनि बेवास्ता गरेकोले उनीमाथि कारबाही गरेर कोषाध्यक्ष डिल्ले मिझारलाई कार्यवाहक अध्यक्ष तोकिएको र पासवानको सभासद् पद खारेजीको प्रक्रिया सुरु भइसकेको पनि दलित जनजाति पार्टीले जनाएको छ ।

फ्रान्सको पर्यटन मेलामा नेपाल सहभागी
वर्षेनी आयोजना हुनेे फ्रान्सको सबभन्दा ठूलो र महत्त्वपूर्ण पर्यटन मेला ‘इन्टरनेसनल रिच ट्राभल मेला’ सम्पन्न भएको छ । सो मेलामा पेरिसस्थित नेपाली राजदूतावासको सहयोगमा नेपाल पर्यटन बोर्डले समेत पहिलोपटक सहभागिता जनाएको छ । पर्यटनसँग सम्बन्धित व्यापारिक तथा करिब दुई लाख निजी पर्यटकले अवलोकन गरेको सो मेलामा ६ महादेशका करिब ८० मुलुकले भाग लिएको नेपाली दूतावास पेरिसले जनाएको छ । मेलामा फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठ तथा राजदूतावासका अन्य अधिकृतर्/कर्मचारीहरूले समेत सघाएको बताइएको छ ।
पर्यटन ब्ाोर्डका प्रतिनिधि दीपकराज जोशीका अनुसार मेलामा फ्रेन्च तथा अन्य देशका पर्यटनसम्बन्धी कम्पनीका प्रतिनिधिहरूले नेपालबारे जिज्ञासा राख्दै अनेक जानकारी लिएका थिए । नेपाल तथा फ्रान्सबीच सीधा हवाई सम्पर्क भएमा नेपाल भ्रमण गर्ने फ्रेन्च पर्यटकको सङ्ख्यामा निकै बढोत्तरी हुने प्रतिक्रिया मेलामा सुनिएको जोशीको कथन छ ।
यसैबीच, गत शनिबार आयोजित एक अर्को कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै राजदूत श्रेष्ठले पर्यटकीय गन्तव्यका रूपमा नेपालको महत्त्वबारे प्रकाश पार्नुभएको थियो ।

यूपीएफले मनायो देशभर शान्ति दिवस
संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष मनाउँदै आएको अन्तर्राष्ट्रिय शान्ति दिवस विगतमा जस्तै युनिभर्सल पिस फेडरेसनले विशेष कार्यक्रमको आयोजना गरी राजधानी काठमाडौंका साथै पोखरा, चितवन, विराटनगर, झापा, धरान, बुटवल, नेपालगञ्जलगायतका सहरमा मनाएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा यूपीएफ नेपालका अध्यक्ष तथा सभासद् एकनाथ ढकालले मुलुक शान्ति र संविधानको मार्गमा अगाडि बढिरहेको बेलामा सबैले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर आ-आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो । नेपाल परिवार दलका अध्यक्षसमेत रहेका ढकालले शान्ति दिवसकै अवसर पारेर यूपीएफले देशभर चेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी पनि दिनुभयो ।
शान्ति र लोकतन्त्रमा सबैको आवाज सुनियोस् भन्ने मूल नाराका साथ आयोजना गरिएको सो कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता धनराज गुरुङ, मधेसी जनअधिकार फोरमका सभासद् अभिषेकप्रताप शाह, विश्व हिन्दू महासङ्घका अध्यक्ष दामोदर गौतम, मौलना अलौदिन अन्सारीलगायतका वक्ताले शान्ति र संविधानबारे मन्तव्य दिएका थिए ।

नेपाली अनुसन्धानकर्ता अमेरिकामा पुरस्कृत
नेपालका एक युवा अनुसन्धानकर्ताले अमेरिकाको प्रतिष्ठित पुरस्कार हात पारेका छन् । विभिन्न सङ्क्रमणखाले रोगका विषयमा सन् २०११ मा उत्कृष्ट अनुसन्धान गरेका डाक्टर बटु शर्मा कुइँकेललाई अमेरिकन सोसाइटी अफ माइक्रोबायोलोजीले पुरस्कृत गरेको हो । कुइँकेलसँगै युरोपका चार अनुसन्धानकर्ताले पनि यो पुरस्कार जितेका छन् । शर्माले डुक विश्वविद्यालयको प्रयोगशालामा आफ्नो अनुसन्धान पूरा गरेका थिए । शर्माको अनुसन्धान नयाँ रोगहरूविरुद्ध औषधि उत्पादन गर्न फलदायी हुने भएकाले उनलाई पुरस्कृत गरिएको अमेरिकन सोसाइटी अफ माइक्रोबायोलोजीले जनाएको छ । राजधानीको गोकर्ण सुन्ताखानमा जन्मिएका कुइँकेलले त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा बिएस्सी तथा त्रिभुवन विश्वविद्यालयबाट माइक्रोबायोलोजीमै उत्कृष्ट अङ्क ल्याएर स्नातकोत्तर पूरा गरेका थिए । एक दशकअघि अमेरिका पुगेका कुइँकेलले पीएचडी उपाधि भने अमेरिकाबाटै हासिल गरेका थिए ।

हेम-सुनिल पुरस्कार खनाल र थापामगरलाई
यस वर्षको ‘हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ इमेज च्यानल टेलिभिजनका संवाददाता कपिलदेव खनाल र छायाकार अनिल खड्का तथा नेपाल टेलिभिजनका संवाददाता दिलीप थापामगरलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । खनालको ‘गाउँका चार हजारभन्दा बढी महिला वेश्यालयमा बिक्री’ र थापामगरको ‘जोखिममा जीवन’ शीर्षकका समाचार सामग्रीलाई प्रदान गर्ने निर्णय भएको सचिव दीपकजंग हमालले जनाएका छन् । नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा स्थापित सो पुरस्कारको राशि २५ हजार नगद रहेको छ ।

उपकुलपतिसमक्ष माग प्रस्तुत
प्राध्यापक योगेन्द्रनारायण वरवरियाको अध्यक्षतामा गठित त्रिवि प्राध्यापक सङ्घले त्रिवि उपकुलपति प्रा. डा. हीरालाल महर्जनसमक्ष हालै एक मागपत्र प्रस्तुत गरेको छ । मागपत्रमा करार टिचरहरूलाई विशेष प्रक्रियाबाट स्थायी गरिनुपर्ने, पाँच वर्ष उपप्राध्यापकमा स्थायी भएपछि सहप्राध्यापकमा सबै फ्याकल्टीका टिचरले आन्तरिक प्रतियोगीका रूपमा लड्न पाउनुपर्ने, स्वास्थ्य र दर्ुघटना बिमाको व्यवस्था हुनुपर्ने मुद्दाहरू उठाइएका छन् । यीमध्ये पाँच वर्ष उपप्राध्यापकमा स्थायी भएपछि सहप्राध्यापकमा लड्न पाउनुपर्ने मागलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको हवाला दिएर त्यहाँजस्तै व्यवस्था सबैतिर हुनुपर्ने भनी विशेष रूपमा उठाइएको छ । यो माग बुलन्द तुल्याउनेमा त्रिवि प्राध्यापक सङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल प्रगतिशील प्राध्यापक सङ्घ र नेपाल प्राध्यापक सङ्घजस्ता निकाय रहेका छन् ।
यता, रिटायर्ड टिचरलाई पीएचडी सुपरभिजनमा राख्न पाउने व्यवस्था त्रिवि कार्यकारिणी परिषद्ले चाँडै गर्ने अपेक्षा सरोकारवाला सबैले राखेका छन् । यसैगरी नेपाल प्रगतिशील प्राध्यापक सङ्घका केन्द्रीय सदस्य एवम् अङ्ग्रेजी साहित्यका अन्तर्राष्ट्रियस्तरका प्राध्यापक डा. कृष्णचन्द्र शर्माले उपकुलपति महर्जनको कार्यकालपूर्व उपकुलपति केदारभक्त माथेमाको झैं ऐतिहासिक हुने आशा व्यक्त गर्दै यसका लागि सहयोगको हात बढाउन सबै पक्षसँग आह्वान गर्नुभएको छ । यसैबीच त्रिवि उपकुलपतिका प्रमुख सल्लाहकारमा साहित्यकर्मी तथा आरआर क्याम्पसका वरिष्ठ नेपाली प्राध्यापक हेम पौडेल नियुक्त हुनुभएको छ ।

चियापानमा कोइराला
नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाको प्रमुख आतिथ्यमा गत शनिबार राजधानीमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । झापा-काठमाडौं प्रजातान्त्रिक समाजद्वारा आयोजित उक्त भेटघाट कार्यक्रममा सभापति कोइरालाका अतिरिक्त काङ्ग्रेस महामन्त्री कृष्ण सिटौला, भक्त खवासलगायतका प्रजातन्त्रप्रेमीका साथै अन्य विभिन्न क्षेत्रका व्यक्ति-व्यक्तित्वहरूको बृहत् उपस्थिति रहेको समाजका अध्यक्ष गणेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मोरङ र इटहरीका लागि साढे पाँच करोड अनुदान
गोरखा लुइँटेलको अमरज्योतिलाई चार करोड ३६ लाख नेपाल-भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत छिमेकी मित्रराष्ट्र भारतले गोरखा पालुङटार गाविस लुइँटेलस्थित श्री अमरज्योति जनता उच्च माध्यमिक विद्यालयको भवन निर्माणार्थ चार करोड ३६ लाख अनुदान सहयोग प्रदान गर्ने भएको छ । विद्यालयको दुईतले नयाँ भवन निर्माणसम्बन्धी सम्झौतापत्रमा भारतीय राजदूतावास र गोरखा जिविस तथा अमरज्योति उमाविबीच गत ६ गते हस्ताक्षर भएको छ । साना विकास परियोजनाअन्तर्गत भारत सरकारको सहयोगमा गोरखा जिल्लामा सञ्चालित यो छैटौँ विकास परियोजना हो ।
दुई वर्षअघि मात्र उच्च माध्यमिक तहमा स्तरोन्नति भएको सो विद्यालय वि.सं. २०१७ मा प्राथमिक विद्यालयको रूपमा स्थापित भएको थियो । विद्यालयको वर्तमान संरचना जीर्ण हुनुका साथै बढ्दो आवश्यकतालाई धान्न नसक्ने भएकोले समस्या बढेको थियो । भारतको सहयोगमा निर्माण हुने नयाँ संरचनाले विद्यालयका आठ सयभन्दा बढी छात्रछात्रालाई राहत पुग्ने बताइएको छ । नयाँ संरचना निर्माणपश्चात् विद्यालयमा भर्नादर वृद्धि हुने अपेक्षासमेत गरिएको छ ।
यस विद्यालयका अतिरिक्त गोरखामा भारतको एक करोड १३ लाखको सहयोगमा दुईवटा परियोजना सम्पन्न भइसकेका छन् भने चार करोड १० लाखको लागतमा अन्य तीनवटा परियोजनाको कार्य जारी रहेको छ । गोरखामा प्रयोग गर्नेगरी जिल्लाका विभिन्न संस्थालाई चारवटा एम्बुलेन्ससमेत उपहार प्रदान गरिएको छ ।
भारत-नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नेपालमा हाल चार सयभन्दा बढी परियोजना सञ्चालित छन् । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकाससँग सम्बन्धित साना तथा ठूला गरी यस्ता परियोजनाको कुल लागत ६० अर्ब रहेको बुझिएको छ ।

चुरेभावरको अन्तरविवाद उत्कर्षमा
चुरेभावर पार्टीभित्रको विवाद साम्य हुनुको साटो झन् जटिल बनेको र पार्टीका कार्यकर्तापङ्क्तिबीच यो चिन्ता र चर्चाको विषय बन्न पुगेको बताइएको छ । पार्टीभित्र पदलोलुपहरूको वर्चश्व बढेपछि सो पार्टीको कोटामा रहेको एक सभासद् पद नै धरापमा पारिएको थियो ।
पार्टीभित्रका अराजक र अवसरवादीहरूले सभासद् पद हत्याउनका लागि अध्यक्ष एवम् तत्कालीन सभासद् केशव मैनालीविरुद्ध षड्यन्त्र रचेको र अहिले उनीहरू स्वयम् सो षड्यन्त्रको सिकार बनेको जिल्लातहका एक नेताले बताए । अवसरवादी र अनुशासनहीनहरूकै पहलमा पार्टीविवादलाई अदालतसम्म पुर्‍याइएको र यसैका आधारमा सभामुखबाट एकपक्षीय ढङ्गले सभासद् मैनालीको पद खारेज गर्ने निर्णय भएकोसमेत उनले दाबी गरे ।
यसरी सभासद् कोटा नै गुमाउन पुगेको सो पार्टीभित्र नयाँ सभासद्मा कसलाई सिफारिस गर्ने भन्ने विषयमा यतिबेला रडाको मच्चिएको छ । यही विषयलाई लिएर पार्टीका प्रभावशाली नेता बद्री न्यौपानेमाथि अर्को प्रभावशाली समूहबाट साङ्घातिक आक्रमणसमेत भइसकेको छ भने एकले अर्कोलाई खुइल्याउने खेल त्यहाँभित्र अझै जारी देखिन्छ । पदीय झगडाकै कारण यसरी हालसम्म चुरेभावरले सभासद्को नाम सिफारिस गर्न नसकेको अवस्था एकतिर छ भने अर्कोतिर सभामुखले अन्यायपूर्वक आफूलाई सभासद्को जिम्मेवारीबाट विमुख तुल्याएको भन्दै चुरेभावर अध्यक्ष केशवप्रसाद मैनालीले सर्वोच्च अदालतको ढोका ढक्ढक्याएका छन् । स्वतन्त्र न्यायालयबाट आफूलाई न्याय मिल्ने विश्वास रहेको उनले बताए । घटना र विचारसँग कुरा गर्दै मैनालीले भने- ‘एक सभासद्का रूपमा मैले निर्वाह गरेको भूमिकाप्रति म सन्तुष्ट छु, मुलुक अत्यन्त जटिलताबाट गुज्रिरहेको वर्तमान परिवेशमा पदमा नरहँदा पनि मैले आफ्नो कर्तव्य भुल्ने प्रश्नै आउँदैन, शान्ति र संविधान निर्माणका साथै राष्ट्रिय अखण्डताको मुद्दामा म अविचल रहने छु ।’

समाजसेवी चुडामणि रहेनन
समाजसेवी तथा विद्वान् व्यक्तित्व चुडामणि त्रिपाठीको असी वर्षको उमेरमा गत भदौ ११ गते निधन भएको छ । पिता कृष्णचन्द्र र माता पवित्राको कोखबाट वि.सं. १९८८ चैत २६ गते कास्की कालिकामा जन्मनुभएका स्वर्गीय त्रिपाठी २०१४ सालदेखि नै अध्यापन कार्यमा लाग्नुका साथै सामाजिक काममा संलग्न रहँदै आउनुभएको थियो । विभिन्न धार्मिक प्रतिष्ठान तथा सङ्घ-संस्थामा उहाँको आबद्धता थियो । जीवनको उत्तरार्द्धमा त्रिपाठी प्रतिष्ठान नेपालका सल्लाहकारका रूपमा सक्रिय रहनुभएका उहाँ ‘त्रिपाठी’को वंशावली तयार पार्ने कार्यमा लागिपर्नुभएको थियो ।
बनारस हिन्दू विश्वविद्यालयबाट शास्त्री ज्योतिषाचार्य पास गर्नुभएका स्वर्गीय चुडामणिले नेपालीमा बीएडसमेत गर्नुभएको थियो । उहाँका एक छोरा पारसमणि त्रिपाठी र छोरीहरू रमा, शारदा, दुर्गा र शर्मिला हुनुहुन्छ । विद्वत् व्यक्तित्व चुडामणि त्रिपाठीको निधनबाट त्रिपाठी प्रतिष्ठान नेपालले आफ्नो एक अभिभावक गुमाएको भन्दै सो प्रतिष्ठानका अध्यक्ष रामशरण त्रिपाठीले शोकसन्तप्त परिवारप्रति समवेदना र स्वर्गवासी आत्माको चिरशान्तिको कामना गर्नुभएको छ ।

काङ्ग्रेसको लोकवाणी
नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्तालाई वैचारिक रूपमा सशक्त बनाउने उद्देश्यले नेपाली काङ्ग्रेस धनकुटाले मुखपत्रको रूपमा त्रैमासिक ‘लोकवाणी सन्देश’ प्रकाशन सुरु गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख विजयसन्तोषी राईको सम्पादकत्वमा प्रकाशित हुने सो पत्रिकाले काङ्ग्रेस कार्यकर्तालाई वैचारिक रूपमा सबल बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।