गायक रामकृष्ण र श्रीमती नीलमबीच सम्बन्धविच्छेद

गायक रामकृष्ण र श्रीमती नीलमबीच सम्बन्धविच्छेद


गायक रामकृष्ण ढकाल र उनकी श्रीमती नीलम शाहबीच सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालतमा बुधबार उनीहरू दुईबीच सम्बन्धविच्छेद भएको हो ।

ढकालकी पत्नी नीलमले सम्बन्धच्छिेदका लागि दिएको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा उनीहरूले सम्बन्धविच्छेदका मिलापत्र गरेका हुन् ।

काठमाडौं जिल्ला अदालत स्रोतअनुसार गायक ढकाल र नीलमले सम्बन्धविच्छेद गर्न मञ्जुर छौँ भनी मिलापत्र गरेका छन् ।

उनीहरूकी एक छोरी छन् र सम्बन्धविच्छेदको मिलापत्रमा छोरीको पालनपोषण र शिक्षादीक्षाको खर्च दुवैजनाले संयुक्त रूपमा व्यहोर्ने सहमति भएको छ ।