अवसरलाई उपयोग गर्न सक्ने र नसक्ने नेताहरू

अवसरलाई उपयोग गर्न सक्ने र नसक्ने नेताहरू


■ देवप्रकाश त्रिपाठी

जीवनको उत्तरार्द्धमा असाध्य रोग र सर्वोच्च जिम्मेवारी एक साथ मिल्नु योग्य र क्षमतावान मानिसका निम्ति उत्कृष्ट अवसर सिद्ध हुन्छ । एक दिन देह त्याग सबैले गर्नैपर्ने हुन्छ, तर सबै देहत्यागीलाई देशसेवाको सर्वोच्च अवसर प्राप्त हुन सक्दैन । धराबाट स्थायी बिदा लिनुअघि देशको कार्यकारी प्रमुख बन्न पाउनु मानिसका निम्ति सर्वाधिक ठूलो भाग्य र अवसर हो, मरिसकेपछि बाँचिरहने डोब छोड्न पाउने यो बराबर मौका अरू हुन सक्दैन । यदि कोही व्यक्ति यस्तो अवसर पाएर पनि त्यसको सदुपयोग गर्न खोज्दैनन्, सक्दैनन् या चाहँदैनन् भने बुझ्नुपर्छ ती निकम्मा हुन् ।

हजार वर्ष शासन गर्ने अवसर पाए पनि त्यस्ता मानिसबाट कुनै सार्थक कर्म हुन सक्दैन, देशको समय मात्र बर्बाद हुनेछ । आधुनिक नेपाल स्थापनाको अढाई शताब्दीभित्र को–कसले आफ्नो समयको उच्चतम सदुपयोग गरे, कसले समयको दुरुपयोग गरे र, अवसर पाएर पनि सदुपयोग गर्न क–कसले सकेनन् भन्ने विषयमा यहाँ वर्णन गर्ने प्रयास गरिएको छ ।

छिमेकी मित्रराष्ट्र भारतमा ब्रिटिसहरूको प्रवेश सत्रौँ शताब्दीको प्रारम्भमै भएको हो । दक्षिण एसियामा ब्रिटिसको आक्रामक प्रवेश, राजनीतिमा उनीहरूको हस्तक्षेप र अन्ततः सत्तामा नियन्त्रणसँगै दक्षिण एसियाका हरेक राजा–महाराजालाई ब्रिटिसको छाया नपर्ने गरी स्वतन्त्र र मौलिक देश खडा गर्ने अवसर प्राप्त भएको थियो, तर कसैले सकेनन् र धेरैले त्यस्तो अवसरको सदुपयोग गर्न पनि खोजेनन् ।

नेपालमा काठमाडौं उपत्यकाका मल्ल राजाहरू समृद्ध र शक्तिशाली मानिन्थे, तिनले पनि ब्रिटिस छाया पर्न नदिन हिमालयको काखमा शक्तिशाली राज्य निर्माणको प्रयास गर्न सक्थे, गरेनन् । जयप्रकाश मल्लले त झन् एकथान दूरबिनसँग गिर्जाघर (चर्च) साटे । काठमाडौंमा पहिलो चर्च निर्माण गर्न जमिन उपलब्ध गराउने काम जयप्रकाश मल्लले गरेका थिए, यद्यपि त्यसअघि नै नेपालको पहिलो चर्च भक्तपुरमा स्थापना भइसकेको थियो । त्यसताक ब्रिटिसहरू व्यापार र बाइबलको माध्यमबाट कुनै मुलुकमा प्रवेश गर्ने र लगत्तै राज्यसत्तामाथि सम्पूर्ण नियन्त्रण कायम गर्ने गर्थे भन्ने तथ्य जगजाहेर नै छ । नेपालमा बाइसे र चौबिसी राजाहरूको शासन थियो, यीमध्येका कुनै पनि राजालाई देश एकीकरण गर्ने र ब्रिटिस साम्राज्यवादबाट जोगाउने अवसर उपलब्ध थियो, तर त्यस्तो अवसरको उपयोग गोर्खाका राजा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले मात्र गर्न खोजे र सके ।

देशमा प्रधानमन्त्री बन्ने अवसर जोकोहीलाई प्राप्त हुन सक्छ, तर केपी ओलीलाई जस्तै अवसर सितिमिति कसैलाई प्राप्त हुन सक्दैन । स्पष्ट दुईतिहाइ बहुमतको हैसियतका प्रधानमन्त्री केपीलाई काम गर्न विपक्षी दल, ब्युरोक्रेसी र कानूनले मात्र होइन, संविधानले समेत छेक्न सक्दैन । जेले छेक्छ त्यसैलाई चिरेर अघि बढ्न सक्ने राजनीतिक र संवैधानिक हैसियत केपी ओलीसँग छ । तर, उनले आफ्नो हैसियतको उपयोग ‘चियाको कपमा आँधी ल्याउने’ काममा मात्र गरिरहेका छन् ।

वि.सं. १७७९ मा जन्मिएर बीस वर्षको उमेरमा राजा भएका पृथ्वीनारायण शाहले काठमाडौंको राजगद्दीमा विराजमान हुने सफलता प्राप्त गरेपछि नेपाल एकीकरणको जग मजबुत भएको थियो । केवल बाउन्न वर्षको आयु प्राप्त गरेका पृथ्वीनारायणले आफ्नो पूरै कार्यकाल देशको एकीकरणमा खर्च गरे, जसका कारण आज हामीसँग हाम्रो आफ्नै देश नेपाल छ र नेपाली भनिन पाएका छौँ । ब्रिटिसहरूको विश्व विजय गर्ने अभियान चलिरहँदा पृथ्वीनारायणले ‘असली हिन्दुस्थान म बनाउँछु’ भन्ने घोषणासहित एकीकरण अभियान शुरु गर्नाले उनी ठूलो देशको राजा बन्ने चाहनाबाट प्रेरित नभई इसाईहरूबाट सुरक्षित मौलिक धर्म–संस्कृतिसहितको शक्तिशाली मुलुक निर्माण गर्न सचेत ढङ्गले अघि बढेका थिए भन्ने दर्शाउँछ ।

यस दृष्टिले पृथ्वीनारायण शाह आफूलाई प्राप्त अवसरको सर्वाधिक उच्च सदुपयोग गर्ने व्यक्तिमा परेका छन् । पृथ्वीनारायणपछि उनका कान्छा छोरा बहादुर शाह र बुहारी राजेन्द्रलक्ष्मीले पनि आफ्नो कार्यकालको राम्रै सदुपयोग गरेका हुन् । नेपाल एकीकरणको कुरा गर्दा राजेन्द्रलक्ष्मी र बहादुर शाहको स्मरण गरिएन भने उनीहरूप्रति अपमान र अन्याय मात्र हुनेछैन, इतिहास नै अपूर्ण हुनेछ । बहादुर शाह र राजेन्द्र लक्ष्मीले आपसी विवाद र झमेलामा समय बर्बाद नगरेका भए उनीहरूको कार्यकाल अझै फलदायी हुन सक्दथ्यो ।

आफूले पाएको समयलाई अति उच्चतम सदुपयोग गर्ने व्यक्तिमा श्री ३ जंगबहादुर राणालाई पनि लिनुपर्ने हुन्छ । तीन दशक लामो शासनकालमा उनले पुऱ्याएको योगदान अविष्मरणीय भए पनि त्यसको उचित कदर–सम्मान गर्न हामी अझै कञ्जुस्याइँ गर्दै छौँ र, उनलाई खलपात्रका रूपमा चित्रण गर्ने अविवेकी कर्म हामीबाट भइरहेको छ । जंगबहादुरले आफ्नो समयमा सुगौली सन्धि (१८१५) ले गुमाएकोमध्ये केही (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) भूभाग कूटनीतिक कौशलद्वारा फिर्ता ल्याए, नेपालको नापी नक्सा बनाएर साँध–सीमा छुट्याउने काम गरे, नेपाललाई विश्वमा परिचित गराए, देशमा गाडीको प्रवेश नहुँदै पूर्व–पश्चिम राजमार्ग बनाउन तीन लाख रुपैयाँ बजेट विनियोजन गराए, पहिलोपटक विद्यालय स्थापना गरेर संस्थागत शिक्षाको थालनी गरे, नेपाली सेनाको आधुनिकीकरण गरे, हातहतियार तथा गोलीका कारखाना स्थापना गरे, पहिलोपटक (गिद्दे प्रेस भनिएको) छापाखाना भित्र्याए, जनगणनाको शुरुवात गराए, विफरविरुद्ध खोप लगाउने योजना ल्याए, मुलुकी ऐन लागू गरेर कानूनी शासनको सूत्रपात गरे र नेपाललाई राजनीतिक रूपले स्थायित्व दिनेलगायतका दर्जनौँ अविष्मरणीय काम गरे ।

केही जोखिमपूर्ण तर उपयोगी कदम चाल्न सकेको भए केपीले आफूलाई प्राप्त अवसरको पूर्ण उपयोग गरेको निष्कर्षमा पुग्न सकिन्थ्यो । तर, केपीलाई दुईतिहाई बहुमतको यो अवसर कमिलालाई टुँडिखेल मिलेजस्तै हो कि भोकाएको स्याललाई हात्तीको सिकार भेटिएजस्तै भएको छ । सर्वोत्तम अवसर पाएर पनि त्यसको सदुपयोग गर्न नसक्ने, नखोज्ने, नगर्ने, कुरैका भरमा काल काट्ने व्यक्तिका रूपमा केपी चिनिन थालेका छन् ।

जंगबहादुरपछि निकै कम (तीन मानिस मात्र) समय पाएर पनि आफ्नो कार्यकालको उच्च उपयोग गर्ने व्यक्तिमा देवशमशेरको नाम लिइन्छ । उनको कार्यकालमा शुरु भएको गोरखापत्र नेपाली पत्रकारिताको इतिहासमा एउटा गौरव बनेर उभिएको छ । तीन महिनाभित्र देवशमशेरले समाज सुधारको क्षेत्रमा पु¥याएको योगदान पनि स्मरणीय छ । चन्द्रशमशेर र वीरशमशेरले पनि आफ्नो समयमा केही उल्लेख्य काम अवश्य गरेका हुन्, तर तिनलाई समयको उच्चतम सदुपपयोग गर्ने व्यक्तिका रूपमा चित्रण गर्नचाहिँ विभिन्न कारणवश सकिँदैन ।

राणाशासन अन्त्यको यो सात दशकभित्र आफ्नो कार्यकालको उच्चतम उपयोग केवल दुई व्यक्तिले मात्र गरेका छन्, तिनमा राजा महेन्द्र र कृष्णप्रसाद भट्टराई हुन् । वि.सं. २०१७ सालमा शासन हातमा लिएको दश वर्षमै बाउन्न (५२) वर्षका उमेरमा उनले मृत्यु वरण गर्नुप¥यो । आफ्नो कार्यकालमा उनले उत्तरी सिमानाबाट विदेशी सुरक्षा चौकी हटाउने आधार तयार गरेका थिए । पूर्व–पश्चिम राजमार्ग, उत्तरी नाका खोल्ने अरनिको राजमार्ग, मुलुकी ऐनमा व्यापक सुधार, नेपाली पाठ्यक्रमको विकास, अनेकौं औद्योगिक प्रतिष्ठानहरूको स्थापना, भूमिसुधार, जातीय सद्भाव र एकताका निम्ति अन्तरघुलनको नीति, मन्त्रिमण्डलभित्र विदेशी उपस्थितिको अन्त्य र नेपाली मुद्राको प्रचलनमा विस्तारलगायत नेपाली राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिक सबलीकरण राजा महेन्द्रका अविष्मरणीय कार्य हुन् । तराई पहाड, जोड्न र नेपालको विशिष्ट पहिचान विश्वमा स्थापित गर्न उनले संविधानमै हिन्दूराष्ट्र उल्लेख गरेका हुन् । उनको यो कार्यलाई पनि राष्ट्रियताका दृष्टिले उत्तम मानिएको छ ।

कृष्णप्रसाद भट्टराई अर्का त्यस्ता व्यक्ति हुन् जो आफ्नो छोटो कार्यकालमै अधिक स्मरणीय काम गर्न सफल भए । २०४६ को प्रजातान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका भट्टराईले २०४७ वैशाखमा प्रधानमन्त्री बनेको एक वर्षभित्रै संविधान जारी गरेर प्रजातन्त्र संस्थागत गराउँदै संसदीय निर्वाचनसमेत सम्पन्न गर्न भ्याएका थिए । २०६३ पछि संविधान बनाउन र जारी गर्न सात वर्ष लगाइएपछि किशुनजीले सात महिनामै संविधान जारी गरेर कति महान् कार्य गरेका रहेछन् भन्ने महसूस धेरैले गरेका हुन् । साहसिक र स्वच्छ नेतृत्व, देशभक्तिपूर्ण नीति र व्यवहार पनि कृष्णप्रसाद भट्टराईका स्मरणीय पक्ष हुन् । स्वच्छता, पारदर्शिता र इमानदारीका दृष्टिले समेत भट्टराई उदाहरणीय पात्र बनेका छन् ।

विभिन्न योगदान र कारणवश स्मरणीय बनेका नेतामा बीपी कोइराला, गणेशमान सिंह, पुष्पलाल र मदन भण्डारी आदिलाई पनि लिइन्छ । तर, यहाँ सत्ताको केन्द्रमा पुगेका बेला आफ्नो कार्यकाललाई उच्चतम सदुपयोग गर्न सक्ने व्यक्तिहरूका बारेमा मात्र चर्चा गरिएको हो । इतिहासले पृथ्वीनारायण शाह, बहादुर शाह, राजेन्द्रलक्ष्मी, जंगबहादुर राणा, देवशमशेर, राजा महेन्द्र र कृष्णप्रसाद भट्टराईसहित सातजनालाई मात्र अवसरको सदुपयोग गर्न समर्थ व्यक्ति भएको देखाएको छ ।

अवसर पाएर समय खेर फाल्नेहरू :

देशका लागि केही गर्ने अवसर पाएर पनि समयको सदुपयोग गर्न नसक्ने व्यक्तिका रूपमा धेरैको नाम उल्लेख गर्न सकिन्छ । आधुनिक नेपालका शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईजस्ता व्यक्तिहरू मौका पाएर पनि कुनै ठोस स्मरणीय योगदान पु¥याउन नसक्ने कोटिमा पर्दछन् । लाचारहरूको नाम लिनुपर्दा रणोद्वीप सिंह, राजा राजेन्द्र, सुरेन्द्र, पृथ्वीवीरविक्रम तथा त्रिभुवनदेखि भीमशमशेर र पद्मशमशेरसम्म पुग्न सकिएला । टंकप्रसाद आचार्य, डा. केआई सिंह र कीर्तिनिधि विष्टहरूलाई केही गर्न खोज्ने, तर परिस्थितिले साथ नदिएका व्यक्तिका रूपमा बुझ्न सकिन्छ ।

समय, परिस्थिति र हैसियत भएर पनि आफ्नो कार्यकालको पूर्ण सदुपयोग गर्न नसक्नेहरूमा राजा वीरेन्द्र, गिरिजाप्रसाद कोइराला र अब केपी शर्मा ओलीलाई लिनुपर्ने हुन्छ । वि.सं. ०२८ सालमा राजा भएका वीरेन्द्रले तीस वर्ष लामो समय काम गर्ने मौका पाए । ०४६ पछिको उनको हैसियतलाई उल्लेख नगर्ने हो भने पनि त्यसअघिको पूरा अठार वर्ष राजा वीरेन्द्रले बर्बाद गरे । त्यस समयभित्र राजाका हरेक इच्छा र योजना कार्यान्वयन हुन सक्ने स्थिति थियो । राजाले चालेको कदममा अड्चन बन्ने सामथ्र्य कहीँ कसैमा थिएन । सिङ्गै देशले उनीप्रति भरोसा र आशा राखेको थियो, तर वीरेन्द्रले आफ्नो कार्यकालको अधिकांश समय श्रीमतीको चाहनाबमोजिम घुमफिर र मोजमस्तीमै बिताए । शान्तिक्षेत्रको प्रस्ताव र एसियाली मापदण्डका नाराको कार्यान्वयन हुन सकेको भए सम्भवतः वीरेन्द्र पनि स्मरणीय व्यक्तिको कोटिमा पर्न सक्थे । उनले देशलाई बर्बाद तुल्याउने कुनै काम गरेनन्, तर अठार वर्षसम्म एकलौटी शासन गर्न पाउँदा पनि वीरेन्द्रबाट इतिहास–स्मरणीय कार्य हुन नसकेकोले उनलाई अवसरको सदुपयोग गर्न पूर्ण रूपले असमर्थ व्यक्तिका रूपमा बुझ्न सकिन्छ ।

राजा वीरेन्द्रपछि आफूले पाएको सुवर्ण अवसरलाई सदुपयोग गर्न नसक्ने अर्का व्यक्ति गिरिजाप्रसाद कोइराला हुन् । बन्न त उनी अनेकपटक प्रधानमन्त्री बने, तर ०४८ मा प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो जननिर्वाचित प्रधानमन्त्रीका रूपमा उनलाई मिलेको अवसरचाहिँ अद्वितीय थियो । देशभित्र आर्थिक अनुशासन कायम गर्न, आर्थिक तथा भौतिक विकासलाई तीव्रतर गति दिन, सामाजिक रूपान्तरण तथा सार्वभौमिकता र राष्ट्रियताको उच्चतम प्रवद्र्धन गर्दै जनताको दैनिक जीवनलाई सहज तुल्याउने कदम चाल्न सकेको भए गिरिजा स्मरणीय बन्न सक्थे । तर, प्रजातन्त्रका कारण स्वतः प्राप्त हुने केही सकारात्मक परिणामबाहेक गिरिजाको विशेष अग्रसरतामा कुनै स्मरणीय कार्य उनको पहिलो कार्यकालमा हुन सकेन, त्यसपछि जतिपटक प्रधानमन्त्री बने पनि उनीबाट कुनै सकारात्मक परिणामको अपेक्षा जनस्तरबाट राखिएन । पहिलोपटक प्रधानमन्त्री बन्दा उनलाई संसद्मा स्पष्ट बहुमत प्राप्त थियो, जनतामा ठूलो आशा, भरोसा र जिज्ञाशा थियो, कर्मचारी प्रशासन अनुकूल र अन्तर्राष्ट्रिय समुदाय सहयोगी भूमिकामा थियो । खाँचो थियो त गिरिजाको दूरदर्शितापूर्ण योजना, नीति, कार्यक्रम र इमानदारीपूर्ण प्रयासको । हो, यही दिने सामर्थ्य गिरिजाले देखाउन सकेनन् । भ्रष्टाचार, नातावाद र मनपरीतन्त्रको जग राख्ने व्यक्तिका रूपमा गिरिजालाई स्मरण गर्न सकिन्छ । त्यसो त बीपी कोइरालाद्वारा प्रतिपादित विचार–दर्शनलाई तिलाञ्जली दिएर काङ्ग्रेस, प्रजातन्त्र र देशलाई बर्बाद गर्ने व्यक्तिका रूपमा पनि उनलाई सम्झन नसकिने होइन । तर, ०४८ सालमा सुवर्ण अवसर पाएर पनि त्यसको सदुपयोग गर्न नखोज्ने–नसक्ने व्यक्तिका रूपमा चाहिँ गिरिजालाई अवश्य स्मरण गर्नुपर्ने हुन्छ ।

समय, परिस्थिति र हैसियत भएर पनि आफ्नो कार्यकालको पूर्ण सदुपयोग गर्न नसक्नेहरूमा राजा वीरेन्द्र, गिरिजाप्रसाद कोइराला र अब केपी शर्मा ओलीलाई लिनुपर्ने हुन्छ । वि.सं. ०२८ सालमा राजा भएका वीरेन्द्रले तीस वर्ष लामो समय काम गर्ने मौका पाए । ०४६ पछिको उनको हैसियतलाई उल्लेख नगर्ने हो भने पनि त्यसअघिको पूरा अठार वर्ष राजा वीरेन्द्रले बर्बाद गरे । त्यस समयभित्र राजाका हरेक इच्छा र योजना कार्यान्वयन हुन सक्ने स्थिति थियो । राजाले चालेको कदममा अड्चन बन्ने सामथ्र्य कहीँ कसैमा थिएन । सिङ्गै देशले उनीप्रति भरोसा र आशा राखेको थियो, तर वीरेन्द्रले आफ्नो कार्यकालको अधिकांश समय श्रीमतीको चाहनाबमोजिम घुमफिर र मोजमस्तीमै बिताए ।

सुनौलो अवसर पाएर पनि त्यसको सदुपयोग गर्न नसक्ने व्यक्तिमा केपी शर्मा ओली पनि परेका छन् । उनको कार्यकाल अझै तीन वर्ष बाँकी रहे पनि अघिल्लो दुई वर्षले बाँकी तीन वर्षको सङ्केत दिइसकेको महसूस आमजनताले गरेका छन् । देशमा प्रधानमन्त्री बन्ने अवसर जोकोहीलाई प्राप्त हुन सक्छ, तर केपी ओलीलाई जस्तै अवसर सितिमिति कसैलाई प्राप्त हुन सक्दैन । स्पष्ट दुईतिहाइ बहुमतको हैसियतका प्रधानमन्त्री केपीलाई काम गर्न विपक्षी दल, ब्युरोक्रेसी र कानूनले मात्र होइन, संविधानले समेत छेक्न सक्दैन । जेले छेक्छ त्यसैलाई चिरेर अघि बढ्न सक्ने राजनीतिक र संवैधानिक हैसियत केपी ओलीसँग छ । तर, उनले आफ्नो हैसियतको उपयोग ‘चियाको कपमा आँधी ल्याउने’ काममा मात्र गरिरहेका छन् ।

देशमा लगानीमैत्री वातावरण बनाउन, तीव्र राजनीतीकरणको स्थितिबाट देशलाई जोगाउन, भ्रष्टाचार उन्मूलन गर्न, कर्मचारी प्रशासनलाई जनमुखी तथा कार्यमुखी तुल्याउन, राष्ट्रिय एकता, अनुशासन र सामाजिक सद्भाव पुनस्र्थापनाका निम्ति केही जोखिमपूर्ण तर उपयोगी कदम चाल्न सकेको भए केपीले आफूलाई प्राप्त अवसरको पूर्ण उपयोग गरेको निष्कर्षमा पुग्न सकिन्थ्यो । तर, केपीलाई दुईतिहाई बहुमतको यो अवसर कमिलालाई टुँडिखेल मिलेजस्तै हो कि भोकाएको स्याललाई हात्तीको सिकार भेटिएजस्तै भएको छ । सर्वोत्तम अवसर पाएर पनि त्यसको सदुपयोग गर्न नसक्ने, नखोज्ने, नगर्ने, कुरैका भरमा काल काट्ने व्यक्तिका रूपमा केपी चिनिन थालेका छन् । यसरी नेपालको इतिहासमा विशेष मौका पाएर पनि त्यसको सदुपयोग गर्न नसक्ने व्यक्तिहरूमा राजा वीरेन्द्र, गिरिजा र केपी ओली परेका छन् । राणा प्रधानमन्त्रीतर्फ हेरियो भने अन्य केहीको नाम पनि यसमा थप हुन सक्छ ।

अवसरको दुरुपयोग गर्नेहरू :

नेपालको इतिहासमा सत्ताकेन्द्रको चुलीमा पुग्ने अवसर पाएर पनि त्यसलाई दुरुपयोग गर्न खोज्नेहरू धेरै देखिएका छन् । भीमसेन थापादेखि शेरबहादुरसम्मलाई सत्ता र शक्तिको दुरुपयोग गर्नेहरूको कित्तामा राख्न सकिन्छ । भीमसेन थापाले आफ्नो शासनसत्ता सुरक्षित तुल्याउन विपक्षी जति खोजी–खोजी काट्नु, अर्काको राम्रो घर कब्जामा लिनु, विपक्षीका छोरी–बुहारीलाई त्यसताक अर्कै रूपमा लिइने च्यामे पोडे र कसाईका जिम्मा जबर्जस्ती लगाउनु, सनकका भरमा ब्रिटिस इण्डियासँग युद्ध लडेर आधा नेपाल गुमाउनुजस्ता तथ्यले भीमसेन थापाबाट अवसरको दुरुपयोग भएको पुष्टि गर्दछ । त्यस्तै, सत्ताको रक्षाका निम्ति सांसद खरिद–बिक्री काण्ड तथा सुरा र सुन्दरी प्रकरणले शेरबहादुरबाट पनि समयको दुरुपयोग भएको देखाउँछ । इतिहासमा आफूलाई प्राप्त अवसरको दुरुपयोग गर्ने व्यक्तिका नमूना व्यक्तिका रूपमा रणबहादुर शाहलाई लिइन्छ भने समकालीन नेपालमा अवसरको अतिदुरुपयोग गर्ने व्यक्तिको कोटिमा प्रचण्डलाई लिन सकिन्छ । यिनले क्रान्तिको आवरणमा क्रान्ति र क्रान्तिकारीलाई धोखा दिए । प्रजातन्त्र, राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिक सत्तासँग पनि सौदाबाजी गरे, भ्रष्टाचारलाई खुला, संस्थागत र व्यापक तुल्याए, नातावाद तथा भ्रष्टाचारमा यिनले गिरिजालाई पनि माथ गरे, यति मात्र कारणले प्रचण्ड अवसरको नामुद दुरुपयोगी ठहरिएका होइनन् ।

०६५ सालमा प्रचण्ड प्रधानमन्त्री बनेका बेला उनले जे चाह्यो त्यही हुने स्थिति थियो । रूखका पातसमेत प्रचण्डका इच्छा र अनुमतिबेगर हल्लिँदैनन् कि जस्तो अनुभूति हुन्थ्यो । त्यस्तो सुवर्ण अवसरमा देशलाई नयाँ गति र दिशा दिन प्रचण्ड जस्तोसुकै सकारात्मक निर्णय लिन सक्ने सुगम अवस्थामा थिए । तर, उनले त्यस्तो सुनौलो अवसर माओवादी गुरिल्लालाई राष्ट्रिय सेनामा कसरी घुसपैठ गराउने र गुरिल्लाका नाममा राज्यकोषबाट बढीभन्दा बढी रकम कसरी कुम्याउने भन्ने चिन्ता गरेरै बिताए । आफैँ प्रधानमन्त्री भएर नेपाली राष्ट्रिय सेनासँग भिड्न खोज्ने प्रचण्डको पूरा ध्यान सत्ता कब्जा गर्ने खेल र नगद सङ्ग्रहमै बित्यो । कुनै समयका क्रान्तिकारी प्रचण्ड सुवर्ण अवसरको दुरुपयोग गरेकै कारण यतिबेला एउटा मामुली थाङ्ने नेतामा रूपान्तरित भएका छन् ।

यसरी इतिहासमा प्राप्त विशेष अवसरको सदुपयोग गर्न नसक्नेहरू र अवसरको दुरुपयोग गर्नेहरू आफू त नालायक सिद्ध भएकै छन्, यिनले देशलाई समेत झन्झन् सकसपूर्ण अवस्थातर्फ धकेल्दै छन् । त्यसैले वर्तमानमा नेपालीलाई उपलब्ध नयाँ–पुराना कुनै पनि नेताबाट देशको कल्याण नहुने निश्चित मान्न सकिन्छ । प्रश्न उठ्छ– त्यसो भए विकल्प के ?