नीलो आकाशका लागि सफा हावा दिवस घोषणा

नीलो आकाशका लागि सफा हावा दिवस घोषणा


संयुक्त राष्ट्रसंघले हरेक वर्षको सेप्टेम्बर ७ तारिखलाई नीलो आकाशका लागि सफा दिवसको रूपमा मनाउने घोषणा गरेको छ ।

राष्ट्रसंघको महासभाले सो दिवसलाई अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको राष्ट्रसंघका अधिकारीहरूले जनाएका छन् । दिवस मनाउने निर्णय आगामी सन् २०२० देखि लागू हुने जनाइएको छ ।

स्वच्छ तथा सफा हावा स्वास्थ्य र दैनिक जीवनका लागि अति महत्वपूर्ण भएकाले त्यसबारे आमनागरिकको ध्यानाकर्षण गराउन दिवस मनाउन लागिएको अधिकारीहरूले जनाएका छन् ।

वायु प्रदूषणले विश्वभरका नागरिकको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पार्ने र धेरै रोग र मृत्युको कारक पनि भएकाले स्वच्छ वायुको महत्व अत्यन्त धेरै रहेको विज्ञहरूको भनाइ छ ।

वायुको गुणस्तर बढाउनका लागि विश्वव्यापी रूपमा अध्ययन, अनुसन्धान, जनचेतनामूलक अभियान चलाउनुपर्नेमा समेत सरोकारवालाहरूले जोड दिँदै आएका छन् ।

रासस–सिन्ह्वा