सम्बन्धको गाँठो कस्दै रुस र चीन : पुटिनले दिए यस्तो अभिव्यक्ति

सम्बन्धको गाँठो कस्दै रुस र चीन : पुटिनले दिए यस्तो अभिव्यक्ति


रूस र चीनबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत तुल्याउनु विश्वव्यापी स्थायित्वका लागि आवश्यक रहेको अभिव्यक्ति रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले दिएउका छन् ।

वार्षिक रूपमा हुने सम्मेलनलाई बिहीबार (१९ डिसेम्बर) सम्बोधन गर्दै नेता पुटिनले भने– ‘रूस र चीनबीचको सम्बन्ध मजबुत बन्दा यसबाट यी दुई समाजवादी मुलुकका जनतालाई फाइदा हुनुका साथै विश्वव्यापी आर्थिक तथा राजनीतिक स्थायित्वमा समेत महत्वपूर्ण योगदान पुग्नेछ ।’

चीनसँगको सम्बन्ध विस्तारलाई थप जोड दिँदै उनले भनेका छन्– ‘चीनसँग हाम्रो सहकार्य निकै महत्वपूर्ण छ । त्यसैलाई मध्यनजर गर्दै रूस र चीनबीच बहुआयामिक रणनीतिक सम्बन्ध विस्तार गरिनेछ । मलाई विश्वास छ कि यसबाट चीन र रूसका जनतालाई फाइदा पुग्नेछ ।’

पुटिनको भनाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार रूस र चीनबीचको सहकार्यले अन्तर्राष्ट्रिय स्थायित्वमा महत्वपूर्ण प्रभाव पार्नेमा रुस र चीन दुवै मुलुकलाई कुनै शङ्का छैन । यसले अन्तर्राष्ट्रिय कानून सुधारका क्षेत्रमा प्रोत्साहन गर्न सहयोग पुग्ने पुटिनको विश्वास छ ।