आगलागीपछि अस्ट्रेलियामा संकटकाल घोषणा

आगलागीपछि अस्ट्रेलियामा संकटकाल घोषणा


अस्ट्रेलियाको जंगलमा लागेको आगो अनियन्त्रित भएपछि संकटकालको घोषणा गरिएको छ । आगलागीका कारण अत्यन्त प्रदूषित भएको र आगलागीबाट असर परेको क्षेत्रमा संकटकाल घोषणा गरिएको अधिकारीहरूले जनाएका छन् ।

आगलागीका कारण कतिपय घरहरूमा क्षति पुगेको र विषाक्त हावा फैलिएको तथा त्यस क्षेत्रको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको जनाइएको छ । बिहीबार लागेको आगलागी नियन्त्रणका लागि हजारौँ अग्नि नियन्त्रकहरू परिचालन गरिएको छ । अधिकारीहरूले आ–आफ्नो तरिकाले सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आह्वान गरेका छन् ।

अस्ट्रेलियामा प्रायः हरेक वर्ष यस्तै अत्यधिक गर्मी हुने र गर्मीका बेलामा आगलागीका घटना पनि धेरै हुने गरेको अधिकारीहरूको भनाइ छ । देशको सर्वाधिक प्रदूषित भएको ‘न्यु साउथ वेल्स’ राज्यका एक सयभन्दा बढी ठाउँमा आगलागी भएको र आगलागी नियन्त्रणबाहिर रहेको जनाइएको छ ।

न्यु साउथ वेल्स राज्यका मुख्यमन्त्री ग्लाडिस बेरोजिक्लिनले सात दिनका लागि संकटकालको घोषणा गरेका हुन् ।
रासस–एएफपी