२४ घन्टामा सुरक्षा कारबाहीमा असी लडाकु मारिए

२४ घन्टामा सुरक्षा कारबाहीमा असी लडाकु मारिए


अफगानिस्तानमा भएका विभिन्न सुरक्षा कारबाहीमा परी ८० लडाकु मारिएका छन् । देशको पश्चिमी, पूर्वी र दक्षिणी क्षेत्रमा गत २४ घन्टामा भएका कारबाहीमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

अफगानिस्तानको पूर्वी भागमा रहको घाज्नी प्रान्तमा बुधबार बिहान ११ जना मारिएका छन् भने अरू ६ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता अरेफ नुरीले जानकारी दिए ।

उनका अनुसार सो घटनामा परी सुरक्षाकर्मीतर्फ भने दुईजना घाइते भएका छन् । त्यसैगरी विशेष सुरक्षा इकाइले तालिवान लडाकुहरूविरुद्ध घोर प्रान्तको डावलात यार जिल्लाको समाक जिल्लामा पनि सुरक्षा कारबाही चलाएको छ ।

लडाकुको आश्रयस्थलमा मंगलबार आक्रमण भएको र घटनामा परी कम्तीमा ५३ जनाको मृत्यु भएको विशेष सुरक्षा इकाइका प्रवक्ता अब्दुल घाफार नुरिस्तानीले जानकारी दिए । कान्दाहार प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी २५ भन्दा बढी लडाकु मारिएको सुरक्षा स्रोतले जानकारी दिएको छ । कान्दाहार प्रान्तको शाह बालिकोट जिल्लामा भएको कारबाहीमा ती लडाकु मारिएका सैन्य अधिकारीद्वारा बुधबार जारी वक्तव्यमा जनाइएको छ ।

जारी वक्तव्यमा लडाकुविरुद्वको खोजी तथा कारबाही अभियान जारी रहेको र केही लडाकुहरू घाइते भएका थप जानकारी दिइएको छ ।

सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने वक्तव्यमा केही पनि उल्लेख गरिएको छैन । कान्दाहर प्रान्तमा तालिबान लडाकु सक्रिय रहेका छन् । तर, उनीहरूको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया भने नआएको समाचारमा जनाइएको छ ।

रासस–सिन्ह्वा