पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्यदण्ड

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्यदण्ड


पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्यदण्डको सजाय सुनाइएको छ । पेशावर हाइकोर्टका चीप जस्टिस वकार अहमद सेठको अध्यक्षतामा गठित तीन सदस्यीय समितिले उक्त फैसला सुनाएको हो ।

पाकिस्तानको इतिहासमा कुनै पनि पूर्वराष्ट्रपतिलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो । मुशर्रफ यतिबेला स्वास्थोपचारको निम्ति यतिबेला दुबईमा रहेका छन् ।

३ नोभेम्बर २००७ मा पाकिस्तानमा ‘इमर्जेन्सी’ घोषणा गरी संविधान निलम्बित गरेको अपराधमा मुशर्रफविरुद्ध डिसेम्बर २०१३ मा देशद्रोहको मुद्दा दर्ता गरिएको थियो । उनलाई ३१ मर्च २०१४ मा अदालतले दोषी ठहराएको थियो र पनि सजाय भने सुनाइएको थिएन ।