दुई चिनियाँ कुटनीतिज्ञलाई अमेरिकाले गुप्त रूपले निष्काशन गरेको खुलासा

दुई चिनियाँ कुटनीतिज्ञलाई अमेरिकाले गुप्त रूपले निष्काशन गरेको खुलासा


आफ्ना दुई कूटनीतिज्ञलाई निष्कासन गर्नु अमेरिकाको ‘गलत’ निर्णय भएको प्रतिक्रिया चीनले दिएको छ । अमेरिकाका लागि चिनियाँ राजदूतावासका दुई पदाधिकारीलाई अमेरिकी सरकारले गत सेप्टेम्बरमा गोप्य रूपमा निष्काशन गरेको भन्ने खबरप्रति चीनको विदेश मन्त्रालयका प्रवक्ता कङ श्वाङले चासो व्यक्त गर्दै यसो गर्नु अमेरिकाका ‘गलत निर्णय’ हो भनेका न्यूयोर्क टाइम्सले आइतबार सम्प्रेषण गरेको छ ।

ती दुई चिनियाँ अधिकारीले आफ्नो गाडी चढेर अमेरिकाको भर्जिनियाको एक सैन्य आधारमा प्रवेश गरेको र त्यसपछि उनीहरूलाई गोप्य रूपमा निष्कासन गरिएको समाचारमा बताइएको छ ।

प्रवक्ता कङले पत्रकारसँगको नियमित भेटमा उक्त बिषयबारे चीनको धारणा राखेका हुन् ।

अमेरिकाले चिनियाँ कूटनीतिज्ञलाई निष्काशन गर्ने निर्णय लिनु दुई मुलुकको कूटनीतिक सम्बन्धको गम्भीर उल्लंघन भएको र चीनले यसबारे अमेरिकासँग कूटनीतिक च्यानलमार्फत सम्पर्क गरी कडा शब्दमा विरोध गरेको प्रवक्ता कङले जनाएका छन् ।

अमेरिकालाई भियना कुटनीतिक सम्बन्ध सन्धिबमोजिम राष्ट्र र राष्ट्रबीच एकले अर्काको कुटनीतिज्ञलाई सुविधा तथा प्रत्याभूति प्रदान गर्नु नै एक आपसी सम्बन्धको आधार भएको भन्दै अमेरिकालाई आफ्नो गल्ती सच्याउन पनि उनले आग्रह गरेका छन् ।