फिलिपिन्समा ६.८ म्याग्निच्युडको भूकम्प

फिलिपिन्समा ६.८ म्याग्निच्युडको भूकम्प


फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । यही क्षेत्रमा गत अक्टोबरमा पनि शृंखलाबद्ध रूपमा भूकम्प गएका थिए ।

फिलिपिन्स भूकम्प अध्ययन इन्स्टिच्युटले भूकम्पको धक्का निकै शक्तिशाली महसुस भएको जनाएको छ । भूकम्पबाट आत्तिएका मानिस घरघरबाट आत्तिएर बाहिर सडक र खुला स्थानमा निस्किएका प्रत्यक्षदर्शीले बताएका छन् ।

अमेरिकी भौगर्भिक सर्भेले सुनामीको खतरा भने नरहेको जनाएको छ । प्रारम्भिक अध्ययनमा उक्त भूकम्प ६.९ म्याग्निच्युडको मापन गरिएको थियो ।

गत अक्टोबरमा मिन्डानाओलाई नै केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडभन्दा ठूला तीनवटा भूकम्प गएका थिए । उक्त भूकम्पबाट केही दर्जन मानिसको मृत्यु हुनुका साथै भवनहरूमा क्षति पुगेको थियो । यो क्षेत्र भूकम्पीय जोखिममा रहेको छ, र बारम्बार भूकम्प जाने गर्दछ ।

रासस–एएफपी