उत्तर कोरियाद्वारा ‘महत्वपूर्ण मिसाइल परीक्षण’

उत्तर कोरियाद्वारा ‘महत्वपूर्ण मिसाइल परीक्षण’


उत्तर कोरियाले ‘महत्वपूर्ण मिसाइल परीक्षण’ गरेको सरकारी समाचार संस्था (केसीएनए)ले सरकारी स्रोतलाई उद्धृत गरी उल्लेख गरेको छ ।

उत्तर कोरियाली सोहाए परमाणु परीक्षण स्थलबाट देशको परमाणु क्षमता विस्तार गर्ने खालको महत्वपूर्ण परीक्षण गरेको उत्तर कोरिया सरकारका प्रवक्तालाई उद्धृत गर्दै समाचार संस्था केसिएनएले लेखेको छ ।

‘अर्को महत्वपूर्ण परीक्षण यही डिसेम्बर १३ गते साँझ १०ः४१ मा शुरू भई १०ः४८ बजे सफलतापूर्वक सम्पन्न गरिएको छ’, केसीएनएले उत्तर कोरियाको ‘नेशनल एकेडेमी अफ डिफेन्स साइन्स’ का प्रवक्ताको विज्ञप्तिलाई उद्धृत गरी जानकारी गराएको छ । शुक्रबार सोहाए परमाणु परीक्षण क्षेत्रबाट परीक्षण गरेको जनाइए पनि यसबारे विस्तृत विवरण भने दिइएको छैन ।

उत्तर कोरियाले एक हप्ताभन्दा कम समयमा पछिल्ला दुई परीक्षण सोहाएबाट नै गरेको हो । अमेरिका र उत्तर कोरियाबीचको परमाणु वार्ता अहिले रोकिएको छ र परीक्षण उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत तीन दिन लामो भ्रमणमा सोल आउनुभन्दा ठीक एक दिन पहिले भएको हो ।

‘उत्तर कोरियाले आगामी ‘क्रिसमस डे’का दिन कुनै क्षेप्यास्त्र परीक्षणको तयारीमा रहेका छन् र यसलाई उनीहरूले रकेट प्रणाली भन्न सक्नेछन् तर यो वास्तवमा मध्यम दूरीको (अन्तर महादेशीय) क्षेप्यास्त्र हो,’ उत्तर कोरियाली मूलका सोलस्थित अन्वेषक अहन चान–इलको भनाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।