वनभोज हिँडेको बस भक्तपुरमा दुर्घटना हुँदा २२ घाइते

वनभोज हिँडेको बस भक्तपुरमा दुर्घटना हुँदा २२ घाइते


काठमाडौंबाट वनभोजका भक्तपुरको घ्याम्पेडाँडा जाँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । काठमाडौंको मदन भण्डारी मेमोरियल कलेजबाट वनभोजको लागि हिँडेको रिद्धिसिद्धि यातायातको बा.५ख४२८६ नम्बरको बस शुक्रबार बिहान भक्तपुरमा दुर्घटना भएको हो ।

घाइतेमध्ये २० जनाको भक्तपुरको सल्लाघारीस्थित इवामुरा अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनामा परी गम्भीर घाइते बनेका दुईजनाको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको टाउकोमा चोट लागेको छ ।

४६ जना सवार उक्त बस अनियन्त्रित भई बीचसडकमै पल्टिएको थियो ।