नेपाली बजारमा सेन्सेइ ब्राण्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेइ ब्राण्डको लोकप्रियता बढ्दो


अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय मूल्यमा पाइने सेन्सेइ ब्रान्डका घरायसी सामाग्रीहरूको नेपाली बजारमा लोकप्रियता बढ्दो छ । जापानीज टेक्नोलोजीद्वारा निर्मित सेन्सेई ब्राण्डका घरायसी सामाग्रीहरू देशभरका ग्राहकको मन–मनमा बस्न सफल भएको छ । सेन्सेई ब्राण्डले नर्मल टि.भी., स्मार्ट टि.भी., अडियो सिस्टम, चेस्ट फ्रिजर, वासिङ मेसिन, भ्याकुम क्लिनर र रेफ्रिजेरेटर नेपाली बजारमा भित्र्याएको छ ।

चौधरी ग्रुपअन्तर्गत क्वालिटी प्रोडक रहेको सेन्सेई ब्राण्डले थप नयाँ घरायसी सामग्री पनि नेपाली बजारमा भित्र्याउन लागेको जनाएको छ । हरेक नेपाली ग्राहकको रोजाईमा रहेको सेन्सेई ब्राण्डको अधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत इ.ओ.एल. प्रा.लि. ले गर्दै आएको छ ।