निर्वाचन आयोगद्वारा दल दर्ताका लागि आह्वान

निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम आयोगमा दर्ता भएका दलहरूलाई यही मङ्सिर २७ देखि पुस ६ गतेसम्ममा राजनीतिक दल दर्ता गराउन सम्बद्ध सबै दललाई आह्वान गरेको छ ।



राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि समाप्त भई रिक्त हुने पदमा माघ ९ गते निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया