बँदेल आक्रमणमा तीन घाइते

बँदेल आक्रमणमा तीन घाइते


चितवनमा बँदेलको आक्रमणमा परी तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एकनारायण कोइरालाका अनुसार भरतपुर महानगरपालिका–१३ गंगानगरमा आफ्नै खेतमा काम गरिरहेको समयमा बँदेलले आक्रमण गर्दा उनीहरू घाइते भएका हुन् ।

बँदेलको आक्रमणमा घाइते हुनेहरूमा स्थानीय ७६ वर्षीया केबी राई, ७१ वर्षीया कुमारी तामाङ र ३८ वर्षीय मोते दर्जी रहेका छन् । आफ्नै खेतमा काम गरिरहेको बेला उनीहरूलाई आज बिहान १० बजेतिर नजिकै रहेको वनबाट निस्किएर बँदेलले आक्रमण गरेको थियो । घाइते तीनैजनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।