लोक सेवाले माग्यो १०९६ अधिकृत

लोक सेवाले माग्यो १०९६ अधिकृत


लोक सेवा आयोगले ठूलो संख्यामा अधिकृत पदका लागि विज्ञापन आह्वान गरेको छ ।

बुधबार विज्ञापन आह्वान गर्दै प्रशासन, लेखा, राजस्व, परराष्ट्र, न्याय, संसद्, कानुन, परराष्ट्रलगायतका सेवाका लागि लागि भन्दै १ हजार ९६ अधिकृत माग गरेको हो ।

विज्ञापनमा उल्लेख गरेअनुसार प्रशासन समूहतर्फ सबैभन्दा धेरै पदका लागि विज्ञापन आह्वान गरिएको छ । विज्ञापनमा प्रशासनतर्फ ५६० अधिकृत माग गरिएको छ । जसमा खुलाबाट २१६ र बढुवाबाट १६८ जनाको पूर्ति गरिनेछ ।

यसैगरी राजस्वतर्फमा ६९, लेखापरीक्षणमा ४२, लेखा समूहमा ३०, व्यवस्थापिका संसद सेवातर्फ २८, न्याय समूहमा २९०, कानुन समूहमा ४९, सरकारी वकिलमा २४ र परराष्ट्रतर्फ चारजना रहेको छ ।