बाबुको हत्या आशंकामा आमा–छोरा पक्राउ

बाबुको हत्या आशंकामा आमा–छोरा पक्राउ


प्रहरीले पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशंकामा आमा–छोरालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बीसीको हत्या आशंकामा श्रीमती सुमित्रा र छोरा कमललाई मंगलबार साँझ पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाईंले लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा गोरेटोनजिक सोमबार फेला परेको जानकारी दिए । ‘घरभित्र हत्या गरेर बाहिर फालेकोजस्तो देखिएको छ,’ उनले भने, ‘अनुसन्धानका लागि मृतककी श्रीमती र छोरालाई नियन्त्रणमा लिइएको हो, अनुसन्धान हुँदै छ ।’