दलित नेतामाथि अन्याय भयो

दलित नेतामाथि अन्याय भयो


घटना र विचार साप्ताहिकको गत भदौ २१ गतेको अङ्कमा अन्तिम पृष्ठमा ‘विश्वेन्द्रमाथि अर्को आरोप’ शीर्षकमा प्रकाशित समाचार कपोलकल्पित र आधारहीन छ । त्यस विषयमा हाम्रो पार्टीले खेद प्रकट गरी खण्डन गर्ने निर्णयसमेत गरेकोमा पुनः सोही महिनाको २८ गते बुधबारको अङ्कमा ‘विश्वेन्द्र कारोबारी नै हुन्’ भनी कुनै पाठकको पत्र छापिएको देख्दा हामी मर्माहत भयौँ । दलित समुदायको आवाज बुलन्द गर्दै आएको हाम्रो गौरवशाली पार्टी र पार्टी अध्यक्षलाई बद्नाम गर्ने कुत्सित मनसायबाट समाचार प्रकाशित भएको हाम्रो ठहर छ । समाचारमा उल्लेख भएअनुसारका व्यक्तिहरूलाई पार्टीले उम्मेदवार पनि नबनाएको र खर्चका लागि रकम पनि नदिइएको स्पष्ट पार्न चाहन्छौँ । तर्सथ, दलित जनजाति पार्टीका अध्यक्षको प्रकाशित समाचारको खण्डन गरिदिनुहुन अनुरोध छ ।
– रहिस अहमद सिद्दिकी, प्रवक्ता, दलित जनजाति पार्टी