आगलागीबाट चार करोडको क्षति

आगलागीबाट चार करोडको क्षति


पूर्वपश्चिम राजमार्गअन्तर्गत इटहरीको मुख्य चोकमा रहेको सूर्य कम्प्लेक्सभित्रको बिगबार होटेलमा शनिबार मध्यराति १२ बजे आगलागी हुँदा करोडौँको क्षति भएको छ । इटहरीको पश्चिमलाइनस्थित सो होटेलमा विद्युत् चुहिई आगलागी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

आगलागीबाट चार करोड रुपैयाँबराबरको क्षति भएको बिगबारका सञ्चालक किरणकुमार बुढाथोकीले बताए । आगो इटहरी, सुन्दरहरैँचा, धरान, इनरुवालगायत नौ वारुणयन्त्रको करिब साढे ३ घन्टाको मिहिनेतपछि नियन्त्रणमा आएको थियो । चौथो तलामाथिबाट शुरु भएको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई मुस्किल भएको थियो । पर्यटकलाई लक्ष्य गर्दै सो होटेल २०७५ माघदेखि सञ्चालनमा ल्याइएको थियो ।