गोली चलेपछि बाँकेमा कर्फ्यु

गोली चलेपछि बाँकेमा कर्फ्यु


आइतबार बिहान कोहलपुरमा ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि विद्यार्थीले प्रदर्शन सशक्त पारेपछि कर्फ्यु लागेको छ ।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त भट्टराईका अनुसार कोहलपुरका केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहिनी खोलासम्म लागू हुनेगरी कर्फ्यु लगाइएको हो ।

आइतबार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्डअन्तर्गतको त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर–१२ की १२ वर्षीया प्रकृति चन्द घाइते बनेपछि विद्यार्थीको समूहले ठक्कर दिने ट्रकमा आगजनी गरेका थिए । त्यसपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित समूह र प्रहरीबीच ढुंगा हानाहान हुँदा करिब एक दर्जन प्रहरी घाइते बनेपछि कर्फ्यु लगाइएको हो ।