पाँच केजी चरेससहित मामा–भान्जी पक्राउ

पाँच केजी चरेससहित मामा–भान्जी पक्राउ


बाग्लुङको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुईजना पक्राउ परेका छन् । गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीय २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार मामा–भान्जीबीच चरेस खरिद–बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो । दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।