बम विष्फोटको अभियोग लागेका गिरी पक्राउ

बम विष्फोटको अभियोग लागेका गिरी पक्राउ


विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका झापा जिल्ला सदस्य एवम् मेचिनगर इन्चार्ज यामकुमार गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत भदौ २३ गते राति झापाको विर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणाधीन केन्द्रिय कार्यालयको भवनमा बम बिष्फोटन गराएको अभियोग गिरीमाथि लागेको छ ।

बम विष्फोट गराई फरार रहेका ब्यक्तिहरूमध्येका गिरीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले गत शुक्रबार (२० मंसिर) बेलुका काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो । उनमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।