१४६ को छिनोफानो हुँदा नेपाललाई ४१ स्वर्ण

१४६ को छिनोफानो हुँदा नेपाललाई ४१ स्वर्ण


नेपालमा चालू १३औँ साग प्रतियोगितामा शुक्रबार अपराह्नसम्म १४६ स्वर्ण पदकको छिनोफानो भइसकेको छ ।

१४६ स्वर्णको छिनोफानो हुँदा पदक–तालिकामा ४१ जित्दै नेपाल दोस्रो स्थानमा रहेको छ । भारत ६६ स्वर्ण जित्दै पदक–तालिकामा शीर्ष स्थानमा रहेको छ ।

यसैगरी श्रीलंकाले १९ स्वर्ण आफ्नो फोल्टामा पार्दै तेस्रो स्थानमा रहेको छ भने पाकिस्तानले १५ स्वर्ण हात पारेको छ । त्यस्तै बंगलादेशले चार र माल्दिभ्सले एक स्वर्ण पदक आफ्नो नाममा लेखाउन सफल भएका छन् । अहिलेसम्म भुटानले एउटै पनि स्वर्ण पदक जित्न सकेको छैन ।

३१७ स्वर्णका लागि मंसिर २४ सम्म सञ्चालन हुने सागमा अझै १७१ स्वर्णका लागि प्रतिस्पर्धा हुन बाँकी नै छ ।

नेपाल १९९९ मा नेपालमा भएको आठौँ सागमा ३१ स्वर्ण जित्दै दोस्रो भएको थियो । पदकको हिसाबले १७१ स्वर्णका लागि प्रतिस्पर्धा बाँकी रहँदै नेपालले आठौँ सागमा प्राप्त गरेकोभन्दा १० स्वर्ण बढी जितिसकेको छ ।